22 hours ago
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ ।
एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ७० रन जोडे । एपिएफ ८६ रनमा ५ विकेट गुमाएर कठिन अवस्थामा पुगेको थियो ।
छैठौं विकेटका लागि दिपक र सुमित महर्जनले नट आउट १ सय ७ रनको शतकीय साझेदारी गरे । सुमितले ५३ बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ३४ रन बनाए ।
ओपनर आसिफ शेख १७ बलमा ३ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । अर्का ओपनर लोकेश बम ३२ बलमा २२ तथा कप्तान रोहित पौडेल ३४ बलमा २२ रन जोड्दै आउट भए ।
कर्णालीका लागि कप्तान दिवान पुन र दिपेन्द्र रावतले समान २ तथा प्रकाश जैसीले १ विकेट लिए ।
त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णाली ४७ ओभरमा १ सय ८९ रनमा समेटिएको थियो ।
कर्णालीका लागि ओपनर सुनिल धमलाले ७५ बलमा ४ चौका र ६ छक्का साथ सर्वाधिक ४७ रन जोडे ।
दिनेश अधिकारी २६ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३३ रन बनाए । प्रकाश जैशी २० रनमा आउट हुँदा दिपेन्द्र रावत ३४ बलमा ३ चौकाको सहयोगमा ३० रनमा नट आउट रहे ।
एपिएफका लागि अभिषेक गौतमले ४, कमलसिंह ऐरीले २ तथा किशोर महतो, दिपक बोहोरा, कप्तान रोहित र भुवन कार्कीले समान १ विकेट लिए ।
एपिएफ चौथो खेलमा ३ जितका साथ तेस्रो स्थानमा उक्लिएको छ । कर्णाली ५ खेलमा चौथो हारका साथ २ अंकमा रहेको छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]