21 hours ago
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा रहेको थियो ।
नेपालले सिरिजमा युगाण्डा र हङकङसँग समान १ जित र हार बेहोरेको थियो । नामिबियासँग भने दुवै खेलमा पराजित भएको थियो । उता, हङकङ भने नेपाल, नामिबिया र युगाण्डासँग समान १ पटक विजयी र पराजित भएको थियो ।
लिग चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हासिल गरेको थियो । लिग चरणमा नै भएको पहिलो भेटमा भने हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो ।
सिरिजको उपाधिका लागि आजै आयोजक युगाण्डा र नामिबियाबीच खेल हुँदैछ ।
March 17, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]