1 day ago
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ ।
आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे । उनले २५ बलको सामना गर्दै २ चौका प्रहार गरे ।
आशुतोष घिरैया र सुमन सुनार समान ११ रनमा आउट भए । बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका लागि अजय चौहान र विप्रेशन केसीले समा ३ तथा रमेश कुर्मी र निर्मल गुरुङले समान २ विकेट लिए ।
त्यसअघि लमहिस्थित देउखुरी क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश ३२.४ ओभरमा १ सय १५ रनको योगफलमा समेटिएको थियो ।
लुम्बिनीका लागि आकाश त्रिपाटीले सर्वाधिक ३३ रन जोडे । उनले ५३ बलको सामना गर्दै १ छक्का प्रहार गरेका थिए । कप्तान देव खनाल र मनिष थापा समान १५ रनमा आउट भए । अन्य लुम्बिनीका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बागमतीका लागि गौतम केसीले ४, सुर्य तामाङ र इशान पाण्डेले समान २ तथा सोनु देवकोटा र रिजन ढकालले समान १ विकेट लिए । जितसँगै ४ खेलमा तेस्रो जित हासिल गरेको लुम्बिनी तेस्रो स्थानमा छ ।
चौथो खेलमा तेस्रो हार बेहोरेको बागमती नवौं स्थानमा छ । १० टोली सहभागिता रहेको प्रगियोगिता सिङ्गल राउण्डमा हुनेछ । लिग चरणको खेलमा शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल हुनेछ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]