default_image

1 day ago

March 16, 2025

पिएम कप – विपिनको ६ विकेटमा कोशीको पहिलो जित

327 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले आज प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा लज्जास्पद हार बेहोरेको छ।

जारी पिएम कपमा पहिलो जित निकाल्ने क्रममा कोशी प्रदेशले गण्डकीलाई ९ विकेटले पराजित गर्यो ।

३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । कोशीका लागि सकिब हकले नट आउट रहँदै २२ बलमा १ चौकासहित सर्वाधिक १६ रन जोडे ।

चिराग साह १० रनमा आउट हुँदा सोनु अन्सारी ४ रनमा नट आउट रहे । गण्डकीका लागि सुवास भण्डारीले १ विकेट लिए ।

त्यसअघि भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २०.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो ।

यो पिएम कपको इतिहासमा पहिलो इनिङमा बनेको सबैभन्दा कम योगफल हो । यसअघि सन् २०१९ को पिएम कपको दोस्रो सेमिफाइनलमा नेपाल एपिएफ क्लब नेपाल पुलिस क्लबविरुद्ध ४१ रनमा समेटिएको थियो ।

कोशीविरुद्ध गण्डकीका कुनै ब्याटरले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीका लागि युवा ओपनर अर्जुन कुमालले बनाएको ९ रन नै सर्वाधिक हो । गण्डकीका ४ ब्याटरले रनको खाता खोल्न नै सकेनन् ।

कोशीका लागि विपिन महतोले ८ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ६ विकेट लिन सफल भए । फिर्दोस अन्सारीको नाममा ३ तथा दीपेश कंडेलको नाममा १ विकेट रह्यो ।

कोशीले पाँचौ खेलमा पहिलो जित हात पारेको छ । कोशीको २ अंक भएको छ । गण्डकीले खेलेको ४ मध्ये १ खेलमा जित हात पारेको छ । गण्डकीले कर्णाली प्रदेशलाई हराएको थियो ।

१० टोली सहभागिता रहेको‌ प्रगियोगिता सिङ्गल राउण्डमा हुनेछ । लिग चरणको खेलमा शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल हुनेछ ।

March 17, 2025

ललितको ५ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.