default_image

1 day ago

March 16, 2025

गण्डकीको लज्जास्पद योगफल

1419 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लज्जास्पद ब्याटिङ गरेको छ ।

कोशीविरुद्धको जारी खेलमा गण्डकी ३१ रनमा अल आउट भएको हो । भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २०.४ ओभरमा अल आउट भएको‌ हो ।

यो पिएम कपको इतिहासमा पहिलो इनिङमा बनेको सर्वाधिक कम योगफल हो । यसअघि सन् २०१९ को पिएम कपको दोस्रो सेमिफाइनलमा नेपाल एपिएफ क्लब नेपाल पुलिस क्लबविरुद्ध ४१ रनमा समेटिएको थियो ।

कोशीविरुद्ध गण्डकीका कुनै ब्याटरले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीका लागि युवा ओपनर अर्जुन कुमालले बनाएको ९ रन नै सर्वाधिक हो । गण्डकीका ४ ब्याटरले रनको खाता खोल्न नै सकेनन् ।

कोशीका लागि विपिन महतोले ८ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ६ विकेट लिन सफल भए । फिर्दोस अन्सारीको नाममा ३ तथा दीपेश कंडेलको नाममा १ विकेट रह्यो ।

कोशी ४ खेल खेलिसक्दा सबै खेलमा पराजित हुदै अंक बिहिन छ । गण्डकीले भने खेलेको ३ मध्ये १ खेलमा जित हात पारेको छ । गण्डकीले कर्णाली प्रदेशलाई हराएको थियो ।

१० टोली सहभागिता रहेको‌ प्रगियोगिता सिङ्गल राउण्डमा हुनेछ । लिग चरणको खेलमा शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल हुनेछ ।

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

March 17, 2025

सुदूरपश्चिमविरुद्ध पुलिसको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]

March 17, 2025

आर्मीविरुद्ध एपिएफको सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]

Success

Thank you for your time.