1 day ago
March 16, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि पहिलो टि ट्वान्टी आईमा आइतवार ९ विकेटको सहज जित हासिल गरेको छ ।
९२ रनको झिनो लक्ष्य न्युजिल्याण्डले १०.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका लागि टिम साइफर्टले २९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन जोडे ।
फिन एलेन १७ बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रनमा तथा टिम रोबिन्सन १५ बलमा १ छक्काको सहयोगमा १८ रनमा नट आउट रहे । पाकिस्तानका लागि अबरार अहमदले १ विकेट लिए ।
त्यसअघि क्राइस्टचर्चमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १८.४ ओभरमा ९१ रनको झिनो योगफलमा समेटियो ।
पाकिस्तानका लागि खुसदिल शाहले सर्वाधिक ३२ रन जोडे । शाहले ३० बलमा ३ छक्का प्रहार गरे । कप्तान सलमान आगा २० बलमा १८ तथा जहादाद खान १७ बलमा १७ रन बनाए । पाकिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पाकिस्तानलाई कम रनमा रोक्न ज्याका्ब डफीले ३.४ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । कायल जेमिन्सनले ३, इश सोडीले २ तथा ज्याक्रि फोल्क्सले १ विकेट लिए ।
पाकिस्तान र न्युजिल्याण्डबीचको दोस्रो टि ट्वान्टी आई मंगलवार हुनेछ । ५ टि ट्वान्टीपछि पाकिस्तानले न्युजिल्याण्डसँग ३ वटा ओडिआई खेल्नेछ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]