default_image

4 hours ago

March 16, 2025

दिल्लीलाई हराउँदै मुम्बई च्याम्पियन

775 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्सले महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि जितेको छ ।

मुम्बईको ब्राबोर्न स्टेडियममा शनिवार भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ८ रनले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो । दिल्ली लगातार तेस्रो संस्करणमा उपविजेता बनेको हो ।

१ सय ५० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन मात्र बनायो । दिल्लीका लागि मरिजाने कप्पाले २६ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४० रन जोडिन् ।

जेमिमा रोट्रिगेजले २१ बलमा ४ चौकाको सहयोगमा ३० रन बनाइन् । निकी प्रसाद २३ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रनमा नट आउट रहिन् ।

कप्तान मेग ल्यानिङ र जेस ज्यानसन समान १३ रनमा आउट भए । मुम्बईका लागि नेट सेभरले ३ तथा अमेलिया केरले २ विकेट लिईन् ।

त्यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिङको निम्तो पाएकोमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल तयार गरेको थियो ।

मुम्बईका लागि कप्तान हरमनप्रित कौरले ४४ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६६ रन जोडिन् । नेट सेभर ब्रान्टले २८ बलमा ४ चौकाको सहयोगमा ३० रन बनाइन् ।

अमनजोत कौर १४ रनमा नट आउट रहँदा जी कमालिनी १० रनमा आउट भइन् । दिल्लीका लागि श्री छरानी, मरिजाने कप्पा र जेस ज्यानसनले समान २ विकेट लिइन् ।

भारतीय क्रिकेट बोर्डको आयोजना भएको डब्लुपिएलमा मुम्बईले सन् २०२३ को पहिलो र यो सिजन गरि दुई पटकउपाधि जितेको छ ।

२०२४ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको थियो । दिल्लीले लगातार फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन ।

डब्लुपिएलमा मुम्बई र दिल्लीसहित गुजरात जायन्ट्स, रोयल च्यालेन्जर्स बैंगलुरु र युपी वारिओर्ज गरी ५ टोलीको सहभागिता थियो ।

March 16, 2025

पिएम कप – विपिनको ६ विकेटमा कोशीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई लज्जास्पद रुपमा हराउँदै कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हात पारेको छ । यस संस्करणको पहिलो जित निकाल्ने क्रममा कोशीले गण्डकीलाई ९ विकेटले पराजित गर्यो । गण्डकीले दिएको ३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । कोशीका लागि सकिब […]

March 16, 2025

गण्डकीको लज्जास्पद योगफल

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लज्जास्पद ब्याटिङ गरेको छ । कोशीविरुद्धको जारी खेलमा गण्डकी ३१ रनमा अल आउट भएको हो । भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २०.४ ओभरमा अल आउट भएको‌ हो । यो पिएम कपको इतिहासमा पहिलो इनिङमा बनेको सर्वाधिक कम योगफल हो । यसअघि […]

March 16, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको सहज जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि पहिलो टि ट्वान्टी आईमा आइतवार ९ विकेटको सहज जित हासिल गरेको छ । ९२ रनको झिनो लक्ष्य न्युजिल्याण्डले १०.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका लागि टिम साइफर्टले २९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन जोडे । फिन एलेन १७ बलमा २ चौका र […]

Success

Thank you for your time.