default_image

2 hours ago

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

56 views

0 Bookmark

हिमाल खरेल,मेचीनगर

थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे ।

थन्डरका लागि रोहित राजवंशीले सर्वाधिक ७३ रन बनाए । त्यस्तै, विशेष बुढाथोकीले २८ रन, चन्द्र भट्टराईले २४ तथा विराट डाँगीले २० रन जोडे ।

बाहुनडाँगीका लागि आयुष दाहाल र सन्तोष प्रधानले समान ३ , नाजिर हुसेनले २ तथा रमन कार्की र निरोथ रोयले समान १ विकेट लिए ।

२ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याउने क्रममा बाहुनडाँगीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २९ रन बनाउन सक्यो ।

बाहुनडाँगीका लागि राजेश थापाले सर्वाधिक ४६ रन बनाए । गणेश पौडेलले १७ रन तथा आयुष दाहालले १४ रन जोडे ।

अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा आयोजक बाहुनडाँगी सेमिफाइनलबाटै बाहिरिएको हो । थन्डरका लागि विराट डाँगी, शिव राजवंशी र एलिट राईले समान २/२ विकेट हात पारे ।

थन्डरका रोहित राजवंशी प्लेयर अफ दि म्याच घोषित भए । उनले १ हजार रुपैयाँ र मायाको चिनो प्राप्त गरे ।

चैत ४ गते हुने फाइनलमा उपाधिका लागि थन्डर ११ ले पेनोरिस ११ को सामना गर्नेछ ।

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

Success

Thank you for your time.