default_image

3 hours ago

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

276 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ ।

शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो ।

लुम्बिनीका लागि कृष्णले सर्वाधिक ३२ रन जोडे । उनले २८ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे । सुरज धितालले ११ बलमा ३ छक्काको सहयोगमा २५ रन जोडे । युवराज सेन ओली २५ बलमा २२, दीपेन्द्र थापा १९ बलमा १६ तथा सबिर अहमद १९ रनमा आउट भए ।

मधेशका लागि मुनाल यादव र युवराज शर्माले समान २ तथा दीपेश रायले १ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा अल आउट हुदै १ सय ६७ रनको योगफल तयार गर्यो ।

मधेशका लागि मुनाल यादवले सर्वाधिक ३२ रन जोडे । मुनालले १७ बलको सामना गर्दै १ चौका र ३ छक्का प्रहार गरे ।

कप्तान कमलेश मण्डल धानुकले २६ बलमा ३ चौकाको सहयोगमा २९ रन जोडे । दिपेश राय ११ बलमा १ चौका र २ छक्काको सहयोगमा २२ रन जोड्दै आउट भए । हेमु यादव ३० बलमा २२ तथा संजय साह २५ रनमा आउट भए ।

लुम्बिनीका लागि रोहित धलालले ३, अनुप कुमार निशाद र युवराज सेन ओलीले समान २ तथा रविन गौडेल र सुरज धितालले समान १ विकेट लिए ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका युवराज सेन ओली सर्वोत्कृष्ट खेलाडी बन्दा मधेश प्रदेशका दीपेश राय उत्कृष्ट ब्याटर बनेका छन् । सुदूरपश्चिम प्रदेशका पशुपती मल्ल प्रतियोगिताको उत्कृष्ट बलर बनेका छन् ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.