default_image

4 hours ago

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

548 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।

आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट रहँदै सर्वाधिक १ सय १२ रन जोडे । तृतले १ सय ३९ बलको सामना गर्दै १४ चौका र १ छक्का प्रहार गरे । तृतले प्रधानमन्त्री कपमा आफ्नो पहिलो शतक १ सय ३२ बलमा पूरा गरे ।

जारी संस्करणको यो दोस्रो शतक हो । यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले शतक बनाएका थिए ।पिएम कपको इतिहासमा यो २६ औं शतक हो । आर्मीका लागि शतक बनाउने तृत तेस्रा खेलाडी हुन् । यसअघि विनोद भण्डारी र सागर पुनले मात्र शतक बनाएका थिए ।

चौथो विकेटका लागि तृत र बसिर अहमदकाबीचमा नट आउट १ सय २० रनको विजयी साझेदारी भएको थियो । बसिरले बसिरले ६२ बलमा ६ चौकाको सहयोगमा नट आउट ६१ रन जोडे ।

तेस्रो विकेटका लागि तृतले कप्तान विनोद भण्डारीसँग ५३ रनको साझेदारी गरे । कप्तान विनोदले ४८ बलमा २ चौकाको सहयोगमा २७ रन जोडे । भीम सार्की १२ र सन्तोष कार्की ७ रनमा आउट भए ।

कोशीका लागि प्रकाश कार्की, सन्दीप ढुगांना र भुपाल लुईंटेलले समान १ विकेट लिए ।

त्यसअघि रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्दै कोशीले ४९.३ ओभरमा २ सय ३० रन बनाएको थियो ।

कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे । सोनु अन्सारी ७४ बलमा ४ चौकाको सहयोगमा ४४ रन बनाए । सुजन थपलियाले ५४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४२ रन जोडे ।

२७ रनमा ३ विकेट गुमाएर समस्यामा परेको टोलीको चौथो विकेटका लागि सोनु र सुजनले ९२ रनको सानदार साझेदारी गरे । फिर्दोश अन्सारी १६ , चिराग साह १४ र सन्दीप ढुगांना २१ रनमा आउट रहे ।

आर्मीका लागि सोमपाल कामीले ४, शाहब आलम र आकाश चन्दले समान २ तथा कुशल मल्लले १ विकेट लिए । आर्मी खेलेका ४ खेलमा अपराजित रहँदै ८ अंकमा रहेको छ ।

खेलेका सबै चारै खेलमा पराजित कोशी अंकतालिकाको पुछारमा छ । सिंगल राउण्डका आधारमा जारी प्रतियोगिताको शीर्ष २ टोली फाइनलमा पुग्नेछन् ।

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.