2 hours ago
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ ।
लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ ।
दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटियो ।
मधेशका लागि दिपेश दासले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन जोडे । रुपेश सिंह ९ बलमा २ छक्काको सहयोगमा १६ रनमा आउट भए । विशाल पटेल १३ रनमा आउट हुँदा मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका लागि ललितनारायण राजवंशीले ९.१ ओभरमा २८ रन खर्चिएर ४ विकेट लिए । कुशल भुर्तेलले २ तथा करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
त्यसअघि देउखुरी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रन बनाएको थियो ।
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रन जोडेका थिए । आरिफ शेखले ५४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए ।
दीलिप नाथ ७० बलमा ४५, अर्जुन साउद ७३ बलमा ४७ रनमा आउट भएका थिए । शंकर राना २७ तथा रशिद खान १४ रनमा आउट भएका थिए ।
४३.५ ओभरमा २ सय ५० रन बनाएको पुलिसले सहजै ३ सय रन पार गर्ने अनुमान गरिए पनि पछिल्ला क्रमका ब्याटरले खास रन बनाउन सकेनन् । पुलिसले पछिल्लो ५ ओभरमा ५ विकेट गुमाउँदै मात्र २६ रन जोड्न सक्यो ।
मधेशका लागि अन्तिम ओभरमा २ सहित रुपेश सिंहले ४ विकेट लिए । विशाल पटेलले ३, कमल गुप्ताले २ तथा रञ्जित कुमारले १ विकेट लिए ।
जितसँगै पुलिस खेलेको सबै ४ खेलमा नै अपराजित रहँदै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । पराजित मधेशको ३ खेलमा २ अंक रहेको छ । ७ प्रदेश र ३ विभागीय टोलीको सहभागीता रहेको प्रतियोगिता सिंगल राउण्डका आधारमा जारी छ । लिग चरणको खेलमा शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]