3 hours ago
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ ।
दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ ।
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रन जोडे । आरिफ शेखले ५४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाए ।
दीलिप नाथ ७० बलमा ४५, अर्जुन साउद ७३ बलमा ४७ रनमा आउट भए । शंकर राना २७ तथा रशिद खान १४ रनमा आउट भए ।
४३.५ ओभरमा २ सय ५० रन बनाएको पुलिसले सहजै ३ सय रन पार गर्ने अनुमान गरिए पनि पछिल्ला क्रमका ब्याटरले खास रन बनाउन सकेनन् । पुलिसले पछिल्लो ५ ओभरमा ५ विकेट गुमाउँदै मात्र २६ रन जोड्न सक्यो ।
मधेशका लागि अन्तिम ओभरमा २ सहित रुपेश सिंहले ४ विकेट लिए । विशाल पटेलले ३, कमल गुप्ताले २ तथा रञ्जित कुमारले १ विकेट लिए ।
पुलिस खेलेको ३ खेलमा अपराजित रहँदै अंक तालिकाको दोस्रो स्थानमा छ । मधेश १ मा जित र १ मा हार सहित पाँचौ स्थानमा छ ।
सिंगल राउण्डका आधारमा जारी प्रतियोगिताको शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । पुलिस साविक विजेता टोली हो।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]