2 hours ago
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्।
शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो।
पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७५ रन बनायो । जसमा युवराज सेन ओलीको ४७ बलमा ८१ रनको योगदान गरे ।
दिपेन्द्र थापा २३ बलमा ३२ रन बनाए । सुदूरपश्चिमका बलर पशुपति मल्लले ४ ओभरमा १९ रन दिएर ५ विकेट लिए ।
१ सय ७६ रनको विजयी लक्ष्यका साथ ओर्लेको सुदूरपश्चिम १३.१ ओभरमा ६६ रनमा अल आउट भयो। सुरेश सिंह पुजार १२ रन र पशुपति मल्ल १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
लुम्बिनीका अनुप कुमार निषादले ४ ओभरमा १ मेडन राख्दै ६ रन दिएर ४ विकेट, रविन गौडेल २ ओभरमा ११ रन दिएर ३ विकेट लिए । लुम्बिनीका युवराज प्लेयर अफ दि म्याच घोषित भए।
दोस्रो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार पार्यो ।
टोलीका मुनाल यादवले अर्धशतकीय इनिङ खेले। मुनालले २९ बलमा ५४ रन जोडे। संजय साहको ४८ बलमा ३९ रन बनाए । प्रशिक्षण प्रतिष्ठानका चन्द्रदेव जोशी र राजन भट्टराईले समान २ विकेट लिए।
१ सय ५० रनको विजयी लक्ष्यसहिय जवाफी ब्याटिङ गरेको प्रशिक्षण प्रतिष्ठानले २० ओभर ९ विकेटको क्षति १ सय ३७ रन मात्र बनाउन सक्यो । हेमन्त सिंहले २८ रन, चन्द्रदेवले २० रन बनाए।
मधेशका अजय ठाकुरले, संजय साह र दिपेश रायले समान १ विकेट लिए। मधेशका संजय प्लेयर अफ दि म्याच घोषित भए। फाइनल भोलि हुनेछ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]