3 hours ago
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ ।
शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो ।
सुदूरपश्चिमका लागि ओपनर टेक रावतले सर्वाधिक ४५ रन जोडे । उनले ८८ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।
कप्तान नारायण जोशीले २५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रन जोडे । राहुल भण्डारी ४९ बलमा २६ तथा किरण ठगुन्ना २१ बलमा २१ रन जोड्दै आउट भए ।
निश्चल खत्री १४, शेर मल्ल , खडक बोहोरा ७ र हेमन्त धामी ७ रनमा आउट भए । बागमतीका लागि सोनु देवकोटाले १० ओभरमा ४९ रन खर्चिएर ४ विकेट लिए । रिजन ढकालले १० ओभरमा ३० रन खर्चिएर ४ विकेट लिए । प्रतिस जिशीको नाममा १ विकेट रह्यो ।
त्यसअघि भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६६ रनको योगफल तयार गरेको थियो ।
बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७७ रन जोडे । शुभले ६८ बलको सामनामा ५ चौका र ४ छक्का प्रहार गरेको थियो । ओपनर आशुतोष घिरैयाले १ सय १ बलमा ५ चौकाको सहयोगमा ५८ रन जोडेका थिए ।
इशान पाण्डे ५२ बलमा ३६, कप्तान पृथु बास्कोटा र प्रतिस जिशी समान १५ रनमा आउट भए । विवेक मगर १० रनमा आउट हुँदा सुमन सुनार १२ रनमा नट आउट रहे ।
सुदूरपश्चिमका लागि सौय श्रेष्ठ, हेमन्त धामी र शेर मल्लले समान २ तथा कप्तान नारायण र राहुल भण्डारीले समान १ विकेट लिए ।
तेस्रो खेलमा पहिलो जित निकालेको बागमतीको २ अंक भएको छ । यसअघि बागमती दुई विभागीय टोलीहरु आर्मी र एपिएफसँग पराजित भएको थियो । चौथो खेलमा तेस्रो हार बेहोरेको सुदूरपश्चिमको पनि समान २ अंक छ ।
सुदूरपश्चिमले यसअघि आर्मी र कर्णालीसँग पराजित हुँदा गण्डकीलाई भने हराएको थियो । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ ।
सिंगल राउण्डमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल हुनेछ । पुलिस प्रतियोगिताको गत संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको थियो ।
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर […]