default_image

6 hours ago

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

822 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ ।

लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको हो ।

हङकङका लागि साञ्जिन शाहजादले ४७ बलमा ५ चौका र १ छक्का सर्वाधिक ५४ रन जोडिन् । चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भइन् ।

नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १ विकेट लिए ।

नेपालले सिरिजमा ५ खेल खेल्दा ४ मा हार बेहोरेको छ ।फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भइसकेको छ । हङकङ भने खेलेको ५ मध्ये ३ मा जितका साथ फाइनल प्रवेशको सम्भावनामा रहेको छ ।

यस खेलमा नेपाललाई पराजित गर्दै हङकङ फाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा रहेको छ । यसै सिरिजमा यसअघिको भेटमा हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो ।

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

March 14, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर […]

Success

Thank you for your time.