default_image

6 hours ago

March 14, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार तेस्रो जित

294 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ ।

विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसको जितमा ओपनर कुशल भुर्तेलले ५७ बलमा २ छक्कासहित सर्वाधिक ३१ रन जोडे । गुलशन झाले २० बलमा नट आउट १२ रन जोडे ।

गुलशनले चौका प्रहार गर्दै खेल समाप्त गरेका थिए । अर्जुन साउद ११ र रशिद खान १० रनमा आउट भए

एपिएफका भुवन कार्कीले ३, कप्तान रोहित पौडेल र अभिषेक गौतमले समान २ तथा कमलसिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर एपिएफले ब्याटिङको निर्णय लिएकोमा २७.४ ओभरमा ९४ रनमा समेटियो ।

एपिएफका लागि सन्दीप जोराले सर्वाधिक २९ बलमा ४ चौकासहित २६ रन जोडे । ओपनर लोकेश बम २४ बलमा ३ छक्काको सहयोगमा २२ रन जोड्दै आउट भए ।

आसिफ शेख र अमरसिंह राउटेलाले समान १० रन जोडे । पहिलो र दोस्रो खेलमा कम रनमा समेटिएका कप्तान रोहितले यो खेलमा पनि खास योगदान दिन सकेनन् । राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहितले ३ खेलमा गरेर जम्मा २५ रन जोडेका छन् ।

प्लेयर अफ द म्याच समेत भएका पुलिसका ललितले ७.४ ओभरमा १८ रन खर्चिएर ६ विकेट लिए । कुशल, करण केसी, सागर ढकाल र गुलशनले समान १ विकेट लिए ।

लगातार तेस्रो जित हात पारेको पुलिस ६ अंकका साथ दोस्रो स्थानमा छ । पुलिसले पहिलोमा लुम्बिनी र दोस्रो खेलमा कोशीलाई पराजित गरेको थियो ।

तेस्रो खेलमा पहिलो हार बेहोरेको एपिएफ ४ अंक सहित तेस्रो स्थानमा छ । एपिएफले यसअघि मधेश र बागमतीलाई हराएको थियो ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ । सिंग राउण्डमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल हुनेछ । पुलिस प्रतियोगिताको गत संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको थियो ।

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]

Success

Thank you for your time.