default_image

7 hours ago

March 14, 2025

बुमराहले आइपिएलका केही खेल गुमाउने

430 views

0 Bookmark

एजेन्सी – चोटका कारण मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रित बुमराहले इण्डियन प्रिमियर लिग (आइपिएल) सुरुवाती केही खेल गुमाउने भएका छन् ।

बेंगलोरस्थित बिसिसिआईको सेन्टर अफ एक्सिलेन्समा मेडिकल टिमको स्वीकृतिमा बुमराह अप्रिलको सुरुसम्ममा टोलीमा सामेल हुने अपेक्षा गरिएको छ ।

जनवरी ४ मा सिड्नीमा भएको बोर्डर–गावस्कर ट्रफी टेस्टका क्रममा बुमराहको ढाडको तल्लो भागमा चोट लागेको थियो ।

त्यसपछि बुमराह च्याम्पियन्स ट्रफीबाट बाहिरिएका थिए । उनी विनाको भारतीय टोली यसै महिनाको सुरुमा च्याम्पियन्स ट्रफी जितेको थियो । सन् २०२३ को मार्चमा शल्यक्रिया पछि बुमराहको ढाडमा चोट लागेको यो पहिलो पटक हो ।

जनवरीमा च्याम्पियन्स ट्रफीका लागि टोलीको घोषणा गर्ने क्रममा भारतका मुख्य चयनकर्ता अजित अगरकरले बुमराहलाई बिसिसिआईको मेडिकल टिमले कम्तिमा ५ हप्ता आराम गर्न अनुरोध गरेको बताएका थिए ।

आइपिएलमा बुमराहले कति खेल गुमाउने छन् यकिन छैन। उनको पुनरागमनको निश्चित मिति तय हुन सकेको छैन । २३ मार्चमा चेन्नई सुपर किंग्सविरुद्ध चेन्नईमा खेल्दै मुम्बईले सिजनको सुरुवात गर्ने छ ।

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]

Success

Thank you for your time.