default_image

3 hours ago

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

184 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ ।

तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो ।

गण्डकीका लागि युवा ओपनर अर्जुन कुमालले ८६ बलमा ८ चौकासहित सर्वाधिक ६२ रन जोडे । सुवास भण्डारी ६० बलमा ३० र मुस्कान थापा ४५ बलमा २४ रनमा आउट हुँदा अमृत गुरुङ २४ रनमा नट आउट रहे ।

लुम्बिनीका लागि निर्मल गुरुङले ३, विप्रसन केसीले २, रमेश कुर्मी र नर सार्कीले समान १ विकेट लिए ।

त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ४९.५ ओभरमा २ सय १७ रनमा समेटिएको थियो ।

लुम्बिनीका लागि विकेट किपरसमेत रहेका प्रज्वलले सर्वाधिक ७२ रन जोडे । प्रज्वलले ७९ बलको सामना गरेर ७ चौका र १ छक्का प्रहार गरे ।

मिन्राल गुरुङ ६२ बलमा ३८, कप्तान देव खनाल ४६ बलमा ३३ तथा मनिष थापा ३४ बलमा २४ जोड्दै आउट भए ।

गण्डकीका लागि अमृत गुरुङले ३, कप्तान विपिन खत्री र चन्द्र पौडेलले समान २ तथा सुवास भण्डारी, कमल परियार र भन्ष क्षेत्रीले समान १ विकेट लिए ।

२ जित र १ हारका साथ ४ अंक सहित लुम्बिनी चौथो स्थानमा छ । कोशी प्रदेशलाई हराएको लुम्बिनी नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । पराजित गण्डकीको यो दोस्रो हार हो । गण्डकी ३ खेलमा २ अंकका साथ आठौं स्थानमा छ ।

कर्णालीलाई हराएको गण्डकीले सुदूरपश्चिम प्रदेशसँग पराजय बेहोरेको थियो । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ ।

सिङ्गल राउण्डमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल हुनेछ । विभागीय टोली पुलिस प्रतियोगिताको साविक विजेता हो ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

कमलको अलराउण्ड प्रदर्शनमा एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशलाई २ विकेटले हरायो । १ सय ६९ रनको सामान्य लक्ष्य एपिएफले ३६.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । एपिएफको […]

Success

Thank you for your time.