15 hours ago
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ ।
पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बिहीवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो ।
२ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ रनमा समेटियो । कर्णालीका लागि प्रकास जैशीले नट आउट रहँदै सर्वाधिक ५० रन जोडे । ७२ बलको सामना गरेका उनले २ चौका र ४ छक्का प्रहार गरे ।
विपिन रावल २३, दिनेश अधिकारी २२ तथा विपिन शाही १२ रनमा आउट भए । आर्मीका लागि शाहब आलमले ३, कुशल मल्ल, सोमपाल कामी र आकाश चन्दले समान २ विकेट लिए ।
त्यसअघि भैरहवामा रहेको एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन जोडेको थियो ।
आर्मीका लागि ओपनर तृतराज दासले सर्वाधिक ६९ रन जोडेका थिए । प्लेयर अफ द म्याच समेत भएका तृतले ८४ बलको सामना गर्दै १० चौका प्रहार गरेका थिए ।
कप्तान विनोद भण्डारीले ६४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५६ रन जोडेका थिए । बसिर अहमद ३६ बलमा ३६, भीम सार्की ७२ बलमा ४० तथा सोमपाल कामी १३ रन बनाएर आउट भए ।
कर्णालीका लागि प्रकाश जैसीले ४, दीनेश अधिकारीले ३ तथा सुनिल धमलाले २ विकेट लिए । ३ खेलमा लगातार जितसँगै आर्मीले ६ अंक जोडेको छ । आर्मीले पहिलो खेलमा बागमतीलाई तथा दोस्रोमा सुदूरपश्चिमलाई हराएको थियो ।
पहिलो खेलमा सुदूरपश्चिमलाई भने पराजित गरेको कर्णालीले त्यस पछिका २ खेलमा हार बेहारेको छ । कर्णालीको ३ खेलबाट २ अंक छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]