default_image

3 hours ago

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

311 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्।

राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो ।

प्रशिक्षण प्रतिष्ठान पेश बलर कैलाश चन्द, हुकुमदेव साह तथा स्पिनर राजन भट्टराईले कसिलो बलिङ गरेपछि गण्डकी न्यून स्कोरमा समेटिएको हो । कैलाशले ४, हुकुमले ३ र राजनले २ विकेट लिए।

गण्डकीका लागि सुमित महर्जनले सर्वाधिक २८ रन जोडे । कप्तान रामबहादुर थापा र इन्द्रमणी घिमिरेले समान १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

७७ रनको लक्ष्य पछ्याएको प्रशिक्षण प्रतिष्ठानले १३. ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । उसका लागि कप्तान राजनले सर्वाधिक २२ रन बनाए। नरेन्द्र बहादुर चन्दले १८ र सागर कटुवालले १० रन जोडे ।

४ ओभरमा मात्र ९ रन खर्चिएर ४ विकेट लिएका प्रशिक्षण प्रतिष्ठानका कैलाश चन्द प्लेयर अफ दि म्याच भए ।

दोस्रो खेलमा मधेशले कोशी प्रदेश प्रहरी कार्यालयलाई १ सय २४ रनको फराकिलो अन्तरले हरायो । आइजिपी कप क्रिकेटमा दिपेश रायले पहिलो बनाएपछि शतक प्रहार गरेका मधेशले ४ विकेट गुमाएर १ सय ८८ रनको योगफल तयार गर्यो ।

२३ रनमा खेलिरहेका कप्तान कमलेस मण्डल धानुक रिटायर्ड हर्ट भएपछि क्रिजमा आएका दिपेश सुरुवातबाटै आक्रामक देखिए ।

१६ बलमा अर्धशतक प्रहार गरेका उनले ३४ बलमा शतक पूरा गरेका थिए । ४ चौका र ८ छक्कासहित उनले नटआउट १ सय ७ रनको‌ योगदान गरे।

बलिङमा कोशीका दिपेश विश्वास २ , कलिम मन्सुरी र सागर राना मगरले समान १ विकेट लिए ।

१ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको कोशी १८.४ ओभरमा सबै विकेट गुमाएर ६४ रनमा समेटियो।
मधेशका योगराज शर्माको धारिलो बलिङले कोशी धरासायी बनाएको थियो ।

मधेशका लागि योगराजले सर्वाधिक ४ विकेट लिए ।संजय , नवीन बैठा, कुन्दनकुमार झा र अजय ठाकुरले समान १ विकेट लिए। मधेशका दिपेश प्लेयर अफ दि म्याच घोषित भए ।

योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालय हिजोको जितबाट अन्तिम चारमा पुगिसकेका छन् ।

चैत १ गते सेमिफाइनल सुदूर पश्चिम र लुम्बिनी तथा प्रशिक्षण प्रतिष्ठान र मधेशबिच हुनेछ। फाइनल चैत २ गते हुनेछ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]

Success

Thank you for your time.