4 hours ago
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ।
क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्।
ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक ५० हजार रुपैयाँ पाउनेछन्। युवा एक खेलाडी पूजा ग्रेड ‘ए’ मा पर्न सफल रहिन्।
ग्रेड ‘बी’ मा यो पटक कविता जोशी मात्र परेकी छिन्। उनले मासिक ३५ हजार रुपैयाँ प्राप्त गर्नेछिन्।
ग्रेड ‘सी’ मा कविता कुँवर र सम्झना खड्कालाई राखिएको छ। उनीहरूले मासिक २५ हजार रुपैयाँ पाउनेछन्।
सबैभन्दा धेरै १२ खेलाडी ग्रेड ‘डी’ मा परेका छन्। विन्दु रावल, अलिशा यादव, सना प्रवीण, रिया शर्मा, सीमा केसी, सावित्रा धामी, रोमा थापा, इश्वरी बिस्ट, कृष्णा गुरुङ, जोत्स्निका मरासैनी, रचना चौधरी र मनिषा उपाध्याय यो श्रेणीमा परेका छन्। उनीहरूले मासिक २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यो कन्ट्रयाक्ट सन् २०२५ को जनवरी देखि जुनसम्मको लागि हो। यसपछि प्रदर्शन हेरेर पुन: सम्झौता हुने क्यानले जनाएको छ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]