default_image

4 hours ago

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

231 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो ।

कोशीका लागि सुजन थपलियाले ५२ बलमा २ चौका र २ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक ३३ रन जोडे ।

कप्तान अंकित सुवेदीले ३९ बलमा २१ रन बनाए । शकिब हकले ३६बलमा १७ तथा फिर्दोस अन्सारी १२ बलमा १० जोड्दै आउट भए ।

पुलिसका लागि करण केसीले ३, कुशल भुर्तेल र लतित नारायण राजवंशीले समान २ तथा सागर ढकाल, गुल्शन झा र दिपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

त्यसअघि भैरहवामा रहेको एक्स्ट्रा टेक ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रन जोड्यो ।

पुलिसका लागि लगातार दोस्रो खेलमा पनि अर्धशतक बनाएका कुशल भुर्तेलले सर्वाधिक ६५ रन जोडे । उनले ७८ बलमा २ चौका र २ छक्का प्रहार गरे । दीलिप नाथले ६४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ६१ रन बनाए ।

ओपनर अर्जुन साउद र रशिद खान समान ३८, कप्तान दीपेन्द्र ३२ तथा गुल्शन झा २१ रनमा आउट भए । कोशीका लागि भुपाल लुईंटेलले ३, प्रकाश कार्कीले २ तथा श्रवण किस्कु, दीपेश कंडेल र फिर्दोश अन्सारीले समान २ विकेट लिए ।

लगातार दोस्रो जित हासिल गरेको पुलिसले ४ अंक बनाएको छ । पहिलो खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले पराजित गरेको थियो ।

लगातार तेस्रो हार बेहोरेको कोशी अंक बिहिन छ । कोशी यसअघि मधेश र लुम्बिनीसँग पराजित भएको थियो ।

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]

Success

Thank you for your time.