5 hours ago
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ।
फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो।
जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्।
कविता जोशीले १७ तथा कप्तान इन्दु बर्मा र पूजा महतोले समा १५ रन बनाए। यी ४ बाहेक अन्यले दोहोरो रन छुन सकेनन्। बलिङमा इभिलिन केजारूकुवाले २ विकेट लिइन्।
त्यसअघि टस जितेर नेपालले पहिले नामिबियालाई ब्याटिङको लागि उतार्यो। २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रनको योगफल खडा गर्यो।
नामिबियाको लागि यासमिन खानले सर्वाधिक ४५ रन बनाइन्। ४४ बलको सामना गर्दै ५ चौका प्रहार गर्दै ४५ रन जोडिन्।
विल्का ब्याटिङ २० रन र सुने विटम्यानले १५ रन बनाउँदा जुरेन डिरगार्टले अविजत १६ रनमा क्रिजमा रहिन्। बलिङमा ईस्वरी बिष्टले ३ र रश्मी चौधरीले २ विकेट झारे।
नेपालको यो तेस्रो हार हो। नेपाल नामिबियासँग हारेको यो दोस्रो पटक हो। यस्तै नेपाल हङकङसँग २ रनले हारेको थियो। नेपालले युगान्डालाई भने हराएको थियो।
अब नेपालले हङकङसँग भोलि खेल्नेछ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]