13 hours ago
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन खेलका अम्पायर धर्म सुन्दर शाक्यलाई बल हस्तान्तरण गरी समुद्घाटन भएको कार्यक्रममा नेपाल प्रहरीका खेलाडीहरूले दिलाएको सफलताको स्मरण गर्दै प्रतियोगिता संचालनमा नेपाल क्रिकेट संघ (क्यान) ले गरेको सहयोग प्रति गिरीले कृतज्ञता व्यक्त गर्नुभयो ।
दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय टिमले कर्णाली प्रदेश प्रहरी कार्यालय टिमलाई १० विकेटले हरायो ।दोस्रो खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमले बागमती प्रदेश प्रहरी कार्यालय टिममाथि ४ रनको रोमान्चक जित दर्ता गर्न सफल भएको थियो ।
लुम्बिनीका लागि युवराज सेन वलीले प्रतियोगिताको पहिलो अर्धशतक पुरा गरेका थिए । कुल १ सय ५९ रनको लक्ष्य पछ्याउने क्रममा बागमती प्रदेश अन्तिम ओभरमा ९ रन बनाउन नसक्दा हार बेहोरेको थियो ।
बागमतीका लागि विजय घलानले नट आउट ८२ रन र सविन घर्तिमगरले ५३ रनको योगदान दिए । हारका बाबजुद ३ विकेटसहित अलराउन्विड प्केरदर्टशन गरेका विजय खेलको म्यान अफ दि म्याच हुन सफल भए ।
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश पहिलो जित दर्ज गर्न सफल भएको छ। आज गण्डकीले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्यो। कम योगफलको प्रतिस्पर्धामा गण्डकीले जितको लागि मात्र ९२ रनको सहज लक्ष्य पायो। जहाँ उसले २९.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो। सहज लक्ष्य पाएपनि गण्डकीले सुरुवात कमजोर गर्यो। २१ […]