default_image

16 hours ago

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

99 views

0 Bookmark

हिमाल खरेल, मेचीनगर

पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो ।

सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे ।

पेनोरिसका लागि सुनिल ठाकुरले ३५ बलमा सर्वाधिक ५६ रन बनाए । त्यस्तै, सिन्टु देवले १९ रन, करणजित रोयले १७ रन तथा बोनम अली खान र अनुज रोयले समान १२ रन बनाए ।

बलिङतर्फ बिर्तामोडका लागि ज्ञानु श्रेष्ठले सर्वाधिक ५ विकेट लिए । उनले कसिलो बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चे ।

त्यस्तै, बिर्तामोडका लागि विक्रम यादवले २ तथा दिपु चौधरी, समिर चौधरी र अर्पण कोइरालाले समान १ विकेट हात पारे ।

१ सय ४३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बिर्तामोडले १७.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १७ रन मात्रै बनाउन सक्यो ।

बिर्तामोडका लागि भुपेश बजगाईंले सर्वाधिक ३३ रन बनाए । त्यस्तै, टोलीका लागि एलिस मण्डलले १९, समिर चौधरीले १७, ज्ञानु श्रेष्ठले १२ तथा सिवन्स बजगाईंले ११ रन बनाए।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा बिर्तामोडले हार व्यहोर्न पुग्यो ।
बलिङतर्फ पेनोरिसका लागि बोनाम अली खानले सर्वाधिक ४ , राकेश बर्माले ३ तथा करणजित रोय, अनुज रोय र देवाशिष मिथेले समान १ विकेट लिएका थिए ।

पेनोरिसका बोनाम अली खान प्लेयर अफ द म्याच
भए । उनले १ हजार रुपैयाँ र मायाको चिनो प्राप्त गरे । उनले ४ विकेट र १२ रन बनाए ।

प्रतियोगिताको विजेता टोली ५० र दोस्रो टोलीले ३० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

March 11, 2025

पिएम‌ कपमा गण्डकीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश पहिलो जित दर्ज गर्न सफल भएको छ। आज गण्डकीले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्यो। कम योगफलको प्रतिस्पर्धामा गण्डकीले जितको लागि मात्र ९२ रनको सहज लक्ष्य पायो। जहाँ उसले २९.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो। सहज लक्ष्य पाएपनि गण्डकीले सुरुवात कमजोर गर्यो। २१ […]

Success

Thank you for your time.