2 hours ago
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।
नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ।
ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले अनावरण गरे ।
प्रतियोगितामा ७ प्रदेशको प्रहरी कार्यालय र काठमाडौंको १ गरी कुल ८ टोलीको सहभागिता रहने नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको इतिहासमा पहिलो पटक सञ्चालन हुने प्रतियोगिताबाट भविष्यमा संगठन भित्रबाटै स्तरीय खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने विश्वास प्रहरीले लिएको छ ।
सोही अवसरमा नेपाल प्रहरी क्रिकेटको लागि ड्रिम प्रोजेक्टको रुपमा रहेको इण्डोर क्रिकेट मैदानको उद्घाटन गरिएको छ । ट्रफी अनावरण कार्यक्रम पश्चात सम्पन्न समुद्घाटन कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गिरीले रिवन काटी उक्त क्रिकेट ग्राउण्डको उद्घाटन गरे।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशकको रुपमा प्रवेश गरेसँगै नेपाल प्रहरी खेलकुद समितिको सदस्य-सचिवको हैसियतले आफूले बोकेको महत्वकांक्षाले सार्थकता प्राप्त गरेमा गौरवान्वित महसुस गरिरहेको गिरीले बताए ।
नेपाल प्रहरीभित्र आन्तरिक खेलकुद अन्तर्गत यो वर्ष आइजिपी रनिङ शिल्ड पुरुष फुटबल प्रतियोगिता तथा प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता भइसेकेको छ ।
नेपाल प्रहरीका दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, ललित नारायण राजवंशी, सागर ढकाल, करण के.सी. र गुल्सन कुमार झा राष्ट्रिय क्रिकेट टोलीका पनि सदस्य हुन्।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]