3 hours ago
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो।
जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न सकेन।
ओपनर सम्झना खड्का १ रनमा, साना प्रविण १० रनमा र बढी भर गरिएकी पूजा महतो १९ रनमा आउट भइन्। त्यतिखेर नेपालले ३ विकेट गुमाउँदा ४० रन मात्र बनाएको थियो।
त्यसपछि कप्तान इन्दु बर्मा र विन्दु रावलले चौथो विकेटको लागि ३३ रनको साझेदारी गरे। विन्दु १४ रन जोडेर रन आउट भइन्।
१७ औं ओभर नेपलाको लागि हारको प्रमुख कारण बन्यो् कविता जोशी र अनुभवी रुविना क्षेत्री रनको खाता नखोली आउट भए।
क्रिजमा टिकेकी इन्दु १९ औं ओभरको अन्तिम बलमा आउट भएपछि नेपाल दबाबमा आयो। उनी ३२ रन जोड्दै आउट भइन्।
अन्तिम ओभरमा जितको लागि नेपाललाई १० रन जरुरी थियो। क्रिजमा इश्वरी बिष्ट र रोमा थापा थिए। नेपालसँग विकेट पनि थियो।
तर अन्तिम ६ बलमा नेपालले ७ रन मात्र जोड्न सक्यो। यो सँगै हङकङले २ रनले जित आफ्नो पक्षमा पार्यो। बलिङमा मारिको हिलले २ विकेट लिइन्।
त्यसअघि नेपालले टस जितेर बलिङ रोज्यो। हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय रन बनायो। उसको लागि ओपनर तथा कप्तान नतासा माइल्सले सर्वाधिक ३५ रन जोडिन्। उनले ४२ बल खेल्दै ४ चौका प्रहार गरिन् ।
मारिको हिलले २१ रन, केरी चानले १२ रन र यसमिन दसवानीले ११ रन बनाए। यी ४ खेलाडी बाहेक अन्य ब्याटरले दोहोरो रन छुन सकेनन्।
बलिङमा कप्तान इन्दु र इश्वरीले समान २ तथा पूजा र रचना चौधरीले समान विकेट लिए। ३ खेलमा दोस्रो हार बेहोरेको नेपालको २ अंक छ।
पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले हार्दा दोस्रो खेलमा युगान्डालाई १ विकेटले हराएको थियो।
हङकङले यो दोस्रो जित हो। उसले ३ खेलबाट ४ अंक बनाएको छ। पहिलो खेलमा युगान्डासँग ८ विकेटले हारेको हङकङले सानदार कमब्याकका साथ दोस्रो खेलमा नामिबिया हराएको थियो। नेपालले बुधबार नामिबियासँग खेल्नेछ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]