default_image

3 hours ago

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

392 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ ।

लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो ।

जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो । टेक रावत ५ रनमा, खडक बोहरा १९ रनमा र निश्चल क्षेत्री १८ रनमा आउट भए । यतिखेर सुदुरले ३ विकेटको नोक्सानीमा ९१ रन बनाएको थियो । लगतै सुनिल चन्द पनि ५ रनमा आउट भए।

यसपछि किरणलाई कप्तान नारायण जोशीले साथ दिए। यी दुईले पाँचौं विकेटको लागि अविजित ९६ रनको साझेदारी गरे।

किरणले ९१ बलमा ७ चौका र ५ छक्कासहित शतक प्रहार गरे। जारी प्रतियोगिताको यो पहिलो शतक हो । उनले अविजित १ सय २७ रनको तारिफयोग्य पारी खेले। १ सय १ बल खेल्दै ९ चौका र ६ छक्काको मद्दतमा अविजित १२७ रन जोडे। नारायण अविजित ३८ रनमा रहे ।

गण्डकी बलिङमा चुक्यो। उसको लागि विपिन क्षेत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले १/१ विकेट लिए।

यसअघि देउखुरी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ८ विकेट गुमाउँदै २२० रन बनायो । ओपनर समिर कँडेल २ रनना आउट भए । यसपछि अर्जुन कुमाल र वंश क्षेत्रीले दोस्रो विकेटको लागि ४० रनको साझेदारी गरे । वंश १८ रनमा आउट भए । अर्जुनले अर्धशतकीय पारी खेले । साथै उनले दीपक डुम्रेसँग मिलेर तेस्रो विकेटको लागि ५५ रनको साझेदारी गरे । दीपकले पनि अर्धशतक बनाए। दीपकले सर्वाधिक ६० र अर्जुनले ५७ रनको योगदान दिए। सुदिप अर्याल अविजित २३ रनना क्रिजमा रहे। यसबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्।

बलिङमा शेर मल्लले १० ओभरमा १ मेडन सहित मात्र ३३ रन दिएर ३ विकेट लिए । नारायण जोशीले २ विकेट झारे ।

दोस्रो खेलमा सुदरले पहिलो जितकासाथ २ अंक बनायो । हिजो पहिलो खेलमा सुदुर कर्णालीसँग हारेको थियो । गण्डकीले जितबाट सुरूवात गर्न सकेन ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

Success

Thank you for your time.