default_image

2 months ago

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

596 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।

खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो।

भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती २७ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय २८ रनमा नै समेटियो।

पाँचौं क्रमका ब्याटर विवेक मगरले सर्वाधिक ५१ रन जोडे। यसबाहेक अन्य खेलाडीको प्रदर्शन फितलो रहयो। इशान पाण्डेले १९ र आशुतोष घिरोहियाले १० रन बनाए। यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्। कप्तान पृथु बास्कोटा ९ रनमा आउट भए।

बलिङमा सहाब अलामको प्रदर्शन उत्कृष्ट रहयो। ८ ओभर बलिङ गर्दै १ मेडन सहित ३३ रन खर्चेर ४ विकेट लिए। यस्तै आकाश चन्दले ३ विकेट झारे।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६२रन बनायो। ओपनर त्रीतराज दास र सन्तोष कार्कीले पहिलो विकेटको लागि ९६ रनको साझेदारी गरे।

त्रीतराज ३६ रनमा आउट भए। सन्तोषले अर्धशतक प्रहार गरे। उनले ९८ बलको सामना गर्दै १० चौका र १ छक्का सहित सर्वाधिक ७६ रनको पारी खेले। कप्तान विनोद भण्डारी अविजित ४७ रनमा रहे। यसैगरी विवेक यादवले ३० र कुशल मल्ले २६ रन बनाए।

वालिङमा रिजन ढकाल, प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिए। सोनु देवकोटाले १ विकेट आफ्नो नाममा लेखाए।

जितमा आर्मीले २ अंक जोड्यो। बागमती हिजो भएको पहिलो खेलमा एपिएफसँग १ सय रनले हारेको थियो।

May 23, 2025

लखनउले शीर्षस्थानको गुजरातलाई हरायो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ। जितको लागि २ सय ३६ रनको चुनौती पछाएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो। ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा जोश बटलर ३३ रनमा आउट भए। ३ विकेट गुमाउँदा […]

May 22, 2025

लखनउले गुजरातको‌ सामना गर्ने

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लिगको शीर्षस्थानमा रहेको गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।यी दुई टोली फरक लक्ष्यसहित मैदान उत्रनेछन्। गुजरात जितका साथ शीर्ष दुईमा रहने संभावनालाई मजबुत बनाउन चाहन्छ। लखनउलाई गुमाउनु बाँकी केही छैन। लिग चरणबाट बाहिरिसकेको कारण युवा खेलाडीलाई बलिङ […]

May 21, 2025

मुम्बई आइपिएलको प्ले अफमा पुग्ने चौथो टोली

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा प्रवेश गरेको छ। यो सँगै प्ले अफ पुग्ने चार टिमको टुंगो लागेको छ। आज मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो। यो जितमा मुम्बई प्ले अफ पुग्ने चौथो टिम बन्यो। मुम्बई प्ले अफमा पुगेको यो ११ औं पटक हो। यसअघि गुजरात टाइटन्स, […]

Success

Thank you for your time.