default_image

3 months ago

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

1373 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्।

अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

एक्स (पहिलेको ट्विटर) मा पोस्ट गरिएको भिडियोमा शोएब अख्तरले पाकिस्तान आधिकारिक आयोजक भए पनि दुबईको त्यस भव्य कार्यक्रममा कुनै पनि पाकिस्तानी प्रतिनिधि नभएको देख्दा दुख लागेको बताएका छन्।

च्याम्पियन्स ट्रफी विजेता कप्तान रोहित शर्मालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष जय शाहले ट्रफी प्रदान गरे। भारतको क्रिकेट बोर्ड (बिसिसिआई) का अध्यक्ष रोजर बिन्नीले च्याम्पियन खेलाडीहरूलाई ब्लेजर लगाइदिए । अष्ट्रेलियाका पूर्व कप्तान आरोन फिन्च र बिसिसिआईका सचिव देवजित सैकिया पनि मनमचमा थिए।

‘भारतले आइसिसी च्याम्पियन्स ट्रफी जितेको छ। तर एउटा अचम्मको कुरा के थियो भने, पुरस्कार वितरण समारोहमा पाकिस्तान क्रिकेट बोर्डको कुनै पनि व्यक्ति थिएन। पाकिस्तान च्याम्पियन्स ट्रफीको आयोजक हो, तर त्यहाँ उभिने कुनै पाकिस्तानी प्रतिनिधि नै थिएन। कसैले ट्रफी हस्तान्तरण गरेनन्। यो कुरा मेरो बुझाइभन्दा बाहिर छ। सोच्नुहोस् त, प्रतियोगिता हामीले आयोजना गरेका थियौं, तर अन्तिम क्षणमा हामी त्यहाँ नै थिएनौं। यो देख्दा धेरै निराश महसुस भयो,’ अख्तरले भनेका छन् ।

पिसिबी अध्यक्ष मोहसिन नकवीसमेत पुरस्कार वितरण समारोहमा अनुपस्थित रहनु आश्चर्यजनक मानिएको छ। बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले मार्च ५ मा लाहोरमा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको दोस्रो सेमिफाइनल हेर्न गएका थिए।

भारत फाइनल पुगेका कारण पाकिस्तानले च्याम्पियन्स ट्रफीको फाइनल आयोजना गर्न पाएन। भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अपनाइएको हाइब्रिड मोडेलअनुसार फाइनल दुबईमा भएको हो। भारतले आफ्नो सबै खेल दुबईमा खेल्यो । भारत फाइनल नपुगेको भए मात्र फाइनल लाहोर हुन्थ्यो ।

पाकिस्तानले २९ वर्षपछि आइसिसीको कुनै ठूलो प्रतियोगिता आयोजना गर्ने मौका पाएको थियो। तर घरेलु मैदानमा पाकिस्तानले केवल एउटा मात्र खेल खेल्न पायो।

पाकिस्तानले कराँचीमा न्युजिल्यान्डसँग पराजय भोग्यो । त्यसपछि दुबईमा भारतसँग पनि हार बेहोर्यो । समूह ‘ए’ को बंगलादेशकोसँगको अन्तिम खेल रावलपिन्डीमा वर्षाका कारण रद्द भएको थियो।

भारत प्रतियोगिताभर अपराजित रह्यो र प्रभावशाली प्रदर्शन गर्दै उपाधि जित्यो। कप्तान रोहित शर्माले फाइनलमा अगुवाइ गर्दै ७६ रनको महत्त्वपूर्ण इनिङ्स खेले।

स्पिनरहरू वरुण चक्रवर्ती र कुलदीप यादवले उत्कृष्ट बलिङ गर्दै न्युजिल्यान्डलाई दबाबमा राखे र टोलीलाई जित दिलाउन भूमिका खेले।

May 29, 2025

आइपिएल – फाइनल प्रवेशका लागि आरसिबी र पञ्जाब खेल्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं संस्करणको फाइनल प्रवेशका लागि आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) खेल्दैछन् । मुलानपुरमा हुने पहिलो क्वालिफायरको खेल नेपाली समय अनुसार बिहीवार बेलुका ७ः४५ बजे सुरु हुनेछ । आइपिएलको लिग चरणको शीर्ष टोली पञ्जाब र दोस्रो भएको आरसिबीबीच पहिलो क्वालिफायरमा भेट हुन लागेको हो । […]

May 29, 2025

पोथास नेपाली टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिका पूर्व क्रिकेटर निक पोथास नेपाली पुरुष क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको स्कटल्याण्ड भ्रमणका लागि पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा नियुक्त गरेको जनाएको छ । पोथासले सन् २००० मा टोलीको पाकिस्तान भ्रमणका क्रममा ३ ओडिआई खेल खेलेका थिए । पोथासले वेस्ट […]

May 29, 2025

नेपालसँग खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टुमा नेपालसँग खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा भएको छ । बुधबार नेदरल्याण्ड्स क्रिकेट बोर्डले स्कट एडवार्डसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । लिग टुको आफ्नो चौथो राउण्डको खेलका लागि स्कटल्याण्डमा रहेको नेपाली टोलीले घरेलु टोली र नेदरल्याण्ड्सको सामना गर्नेछ । जेठ २१(४ जुन) र जेठ २७(जुन १०) मा नेपाल […]

Success

Thank you for your time.