3 months ago
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।
ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए।
विजेता टोलीले यो ब्लेजर आजीवन आफ्नै बनाउन पाउँछ। च्याम्पियन्स ट्रफीको विजेताले लगाउने ब्लेजरले मास्टर्स गल्फ प्रतियोगिताको विजेता प्राप्त गर्ने प्रसिद्ध हरियो ब्लेजरको झल्को दिएको थियो।
यस पटकको यो ब्लेजर सार्वजनिक गर्न आइसिसीले पाकिस्तानका महान क्रिकेटर वासिम अक्रमलाई राखेर ब्लेजर तयार हुँदै गरेको भिडियो सार्वजानिक गरेको थियो। आइसिसीले सेतो कोट विजेताको सम्मानको प्रतिक हो भनेको छ।
च्याम्पियन्स ट्रफी पहिलोपटकन सन् १९९८ मा आयोजना भएको थियो । त्यति बेला सेतो ब्लेजर दिने प्रचलन सुरु भएको थिएन ।
२००९ मा भएको छैंटौं संस्करणबाट विजेता टोलीलाई सेतो ब्लेजर दिन सुरु गरिएको हो। त्यो संस्करण दक्षिण अफ्रिकामा भएको थियो।
च्याम्पियन्स ट्रफीको विजेताका रुपमा सेतो ब्लेजर लगाउने रिकी पोन्टिङको कप्तानीमा रहेको अस्ट्रेलिया पहिलो टोली बन्यो । सेन्टुरियनमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको थियो।
च्याम्पियन्स ट्रफीको पछिल्ला दुई संस्करण इंग्ल्यान्ड र वेल्समा आयोजना भयो । भारतले २०१३ मा पहिलोपटक यो ब्लेजर लगाउने अवसर पायो। जब उसले एडबास्टनमा इङ्गग्ल्यान्डलाई ५ रनले पराजित गर्यो।
२०१७ मा पाकिस्तानले भारतलाई लगातार दोस्रो पटक ब्लेजर लगाउने अवसरबाट रोक्यो । त्यो फाइनल पाकिस्तानले भारतलाई १ सय ८० रनको फराकिलो अन्तरले हराएको थियो।
आइसिसीले खेलाडीलाई यो ब्लेजर लगाउन बाध्य भने पार्दैन। फाइनलअघि नै दुवै टोलीका लागि ब्लेजर तयार पारिन्छ । दुवै टोलीका खेलाडीको लागि ब्लेजर बनाउन आइसिसीले टेलर पठाउँछ। त्यसमा जुन टोली जित्छ त्यहि टोलीलाई सम्मान स्वरुप ब्लेजर दिइन्छ ।
दुबईमा हिजो न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफी जितेको हो। सन् २००२ मा भारत र आयोजक श्रीलंकाले संयुक्तरुपमा च्याम्पियन्स ट्रफी जितेका थिए।
June 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को फाइनल प्रवेशका लागि मुम्बई इण्डियन्स र पञ्जाब किंग्स खेल्दैछन् । आइपिएलको दोस्रो क्वालिफायरमा ५ पटकको च्याम्पियन मुम्बईले पहिलो पटक उपाधिको खोजीमा रहेको पञ्जाबको सामना गर्दैछ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा पञ्जाब र मुम्बईबीचको खेल नेपाली समयअनुसार आइतबार साँझ ७ः४५ बजे सुरु हुदैछ । गत शुक्रवार भएको इलिमिनेटर खेलमा […]
June 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली विश्वकप लिग टुको चौथो राउण्डको पहिलो खेलमा सोमवार स्कटल्याण्ड विरुद्ध मैदान उत्रदै तयारीमा छ। यो त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स पनि छ। नेपाली टोली ७ महिना पछि ओडिआई क्रिकेटमा फर्कदै छ । नेपालले २ सय १० दिन अगाडी अमेरिकामा स्कटल्याण्डसँग नै पछिल्लो ओडिआई खेलेको थियो । सन् २०२४ को नोभेम्बर ४ […]
June 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको दोस्रो अभ्यास खेल नतिजाविहीन भएको छ । शनिबार स्कटल्याण्डमा दोस्रो इनिङमा निरन्तर वर्षा भए पछि खेल नतिजाबिहिन हुन पुगेको हो । पहिलो अभ्यास खेलमा लज्जास्पद प्रदर्शन गरेको नेपालले दोस्रो अभ्यास खेलमा भने सुधारिएको प्रदर्शन गरेको थियो । २ सय ५४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ‘ए’ ले १३ […]