3 months ago
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ।
नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई पराजित गरेको थियो । पहिलो खेलमा युगान्डासँग पराजित हङकङले दोस्रो खेलमा नामिबियालाई पराजित गरेको थियो ।
नेपाल र हङकङबीचको पछिल्लो ५ खेलमा ३ मा नेपाल विजयी हुँदा १ खेल हङकङले जितेको छ ।
जारी सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।
नेपाल २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेपनि रनरेटमा पछि रहेकोले हङकङ चौथो स्थानमा छ ।
May 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु को तयारीका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले आज घरेलु ‘ए’ टोलीको सामना गर्दैछ । लिग टुको चौथो राउण्डको लागि स्कटल्याण्ड पुगेको नेपाली टोलीले स्कटल्याण्ड ‘ए’ सँग दोस्रो अभ्यास खेल खेल्न लागेको हो । बिहीवारको पहिलो अभ्यास खेलमा नेपाल १ सय २ रनले पराजित भएको थियो । नेपालले यसअघि […]
May 31, 2025
एजेन्सी – घरेलु टोली पाकिस्तानले बंगलादेशविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि ट्वान्टी आई शुक्रवार ५७ रनले जितेपछि घरेलु टोलीले ३ खेलको सिरिजमा २-० ले अग्रता लिएको छ । २ सय २ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभरमा १ सय ४४ रनमा समेटियो । बंगलादेशका तान्जिम हसन शाकिबले अर्धशतक […]
May 31, 2025
एजेन्सी – इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ । पञ्जाबको न्यु चण्डिगढस्थित महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज इलिमिनेटरमा मुम्बईले गुजरातलाई २० रनले हरायो । मुम्बईले दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ। २ सय २९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २ […]