2 months ago
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो ।
न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले अर्धशतक पूरा गरे। मिचेलले सर्वाधिक ६३ रन जोडे । उनले १ सय १ बलको सामनामा ३ चौका प्रहार गरे ।
ब्रेसवेलले ४० बलमा ३ चौका र २ छक्काको सहयोगमा नट आउट ५३ रन जोडे । रचिन रविन्द्रले २९ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३७ रन बनाए । ग्लेन फिलिप्स ५२ बलमा ३४ र विल योगं १५ रनमा आउट भए ।
भारतका लागि बरुण चक्रवर्ती र कुलदिप यादवले समान २ , रविन्द्र जडेजा र मोहम्मद सामीले समान १ विकेट लिए ।
May 18, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सको बीचको खेल जारी छ। अरूण जैटली स्टेडियममा टस जितेर गुजरातले टस जितेर दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतारेको छ। दिल्लीले पछिल्लो तीन खेलमा मात्र १ अंक मात्र बनाएको छ। जितको खडेरी तोड्ने चुनौती दिल्लीलाई रहेको छ। यता गुजरात टाइटान्स भने लगातार दुई जितको […]
May 18, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब सुपर किङ्स ले राजस्थान रोयल्सलाई १० रनले हराएको छ। यो जितले पञ्जाबको प्ले अफको संभावनालाई मजबुत बनाएको छ। जितको लागि २ सय २० रनको लक्ष्य पछाएको राजस्थान रोयल्स २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनमा समेटियो। ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि […]
May 18, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्देछ। अरुण जैटली स्टेडियममा हुने खेलमा दील्लीले जित निकाले शीर्ष चारमा स्थान बनाउने मौका हुनेछ। गुजरात विजयी भए लिग तालिकाको शीर्षस्थानमा पुग्नेछ। लामो ब्रेकमा दिल्लीले तयारी राम्रो गरेको हुनुपर्छ। किनकी दिल्लील पछिल्लो तीन खेलमा मात्र १ अंक मात्र बनाएको छ। जितको खडेरी […]