default_image

9 hours ago

March 9, 2025

कमलको ४ विकेटमा एपिएफको विजयी सुरुवात

451 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – तीव्रगतिका बलर कमलसिंह ऐरीले ४ विकेट लिए पछि प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।

रुपेन्देहीको एस्ट्राटेक ओभलमा आइतवार एपिएफले बागमती प्रदेशलाई १ सय रनले पराजित गर्यो। १ सय ७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रनमा समेटियो ।

बागमतीका लागि शुभ कसांकार बाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

शुभले सर्वाधिक १६ रन जोडे । एपिएफका लागि कमलले ८.२ ओभरमा २७ रन खर्चिएर महत्वपुर्ण ४ विकेट लिए । कप्तान रोहितकुमार पौडेल र अमरसिंह राउटेलाले समान २ तथा अभिनाष बोहोराले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४४ ओभरमा १ सय ७४ रनमा समेटिएको थियो । एपिएफका लागि सन्दीप जोराले ६२ बलको सामना गर्दै २ चौकाको सहयोगमा सर्वाधिक ३७ रन जोडे ।

दिपक बोहोरा २५ तथा कमलसिंह १५ रनमा आउट हुँदा अमरसिंह २६ रनमा नट आउट रहे । बागमतीका लागि रिजन ढकालले ८ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । नन्दन यादवले ३ र सुर्य तामाङले २ विकेट लिए ।

एपिएफले बिहीवार एस्ट्राटेकमा मधेश प्रदेशसँग खेल्नेछ । बागमतीले सोमवार सिद्धार्थ मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.