default_image

2 months ago

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

177 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो ।

७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको जितमा सलमान अन्सारीले अविजित २३ र मन्दिप बरालले १८ रनको बनाए । नारायणीका उमेश महतोले २ र राहुल कुशवाहाले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नारायणीले २३.३ ओभरमा ७६ रनमै अलआउट भयो । उसका लागि आयुस गिरीले २५ र समीर पौडेलले १४ रन बनाए ।

नारायणीलाई सस्तैमा समेट्न अर्किडका प्रसिद्ध अर्यालले ६ ओभरमा मात्र ७ रन खर्चिदै ४ विकेट लिए । कप्तान मन्दिप बरालले ६ ओभरमा २२ रन खर्चिदै ४ विकेट लिए ।

अर्किडका कप्तान मन्दिप बराल फाइनलको प्लेयर अफ दि म्याच भए । ६ खेलमा २३ विकेट लिएका मन्दिप प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बने ।

यस्तै ७ खेलमा २ सय ३४ रन बनाएका नारायणी इङ्लिस पब्लिक स्कुलका कृष्ण मगर प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी घोषित भए ।

विजेता र उपविजेता टोलीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया, चितवन राइनोजका सिइओ प्रताप देवकोटाले पुरस्कार वितरण गरे ।

भरतपुर महानगरपालिकाको आयोजना करिब ३ महिना चलेको प्रतियोगितामा ४७ विधालय सहभागी थिए । ६ वटा विधालय छनोट चरण पार गर्दै लिग चरण प्रवेश गरेका थिए ।

पहिलो संस्करणका सेमिफानालिस्ट सिधै लिग चरणमा स्थान बनाएका थिए । कुल १० टोलीले लिग चरण सेतो जर्सी र रातो बलमा ३० ओभरको खेल खेलेका थिए ।

April 24, 2025

आरसिबी तेस्रो स्थानमा उक्लियो

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ। जितको लागि २ सय ६ रनको चुनौति राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रनमा अल आउट भयो। ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ५२ रनको साझेदारी गरे। वैभव १६ रनमा आउट भए। […]

April 24, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसिबी) ले राजस्थान रोयल्सलाई जितको लागि २ सय ६ रनको चुनौति दिएको छ। राजस्थानले‌ टस जित्दै आरसिबीलाई पहिले ब्याटिङको लागि उतार्यो। आरसिबीले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो। ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटको लागि ६१ रनको साझेदारी […]

April 24, 2025

सिद्धान्तको उपचारका लागि क्यानले ५ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। मधेश प्रदेश क्रिकेट संघद्वारा दुई वर्षअघि आयोजित महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान क्रिकेटर सिद्धान्त घाइते भएका थिए। उनले सो प्रतियोगिता कोशी प्रदेशबाट खेलेका थिए। गण्डकी प्रदेश विरुद्धको खेलमा उनको घुँडामा चोट […]

Success

Thank you for your time.