default_image

2 months ago

March 8, 2025

महिला क्रिकेटलाई चलायमान बनाउने क्यानको‌ योजना

427 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले यो पटक बर्षभरि नै महिला क्रिकेटलाई चलायमान बनाउने योजना अनुरूप महिला क्रिकेटलाई प्राथमिकतामा राखेको जनाएको छ

क्यानले शनिवार सन् २०२५ को‌ वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । जसमा महिला पुरुष सिनियर जुनियर गरेर प्रतियोगिता र अन्यगरि ५५ वटा कार्यक्रम समावेश गरिएको‌ छ ।

तुलनात्मक रूपमा यो पटक महिलाहरूले खेल्ने अन्तराष्ट्रिय प्रतियोगिताको सङ्ख्या पनि बृद्धि भएको छ।

प्रतियोगिताको सङ्ख्या मात्र वृद्धि भएको हो या सपोर्ट स्टाफ लगायतको सुविधाको बारे क्यानको योजना कस्तो छ भन्ने प्रश्नमा सचिव खड्काले विदेशी प्रशिक्षक लगायत सपोर्ट स्टाफ सबै बृद्धि हुने जानकारी दिए।

महिला टिमको राष्ट्रिय र अन्तरराष्ट्रिय तालिका यस्तो छ।

महिला अन्तर्राष्ट्रिय क्रिकेट

  • २ हप्ताको फिटनेस र फिल्डिङ क्याम्प (फेब्रुअरी)
  • नेपाल युगाण्डा भ्रमण (टी-२०आई, युगाण्डा क्वाड्राङ्गुलर) (मार्च)
  • आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट (मे १७-२४) – थाइल्याण्ड, हङकङ, यूएई, कुवेत, मलेसिया, नेपाल, कतार
  • महिला इमर्जिङ टिम्स एसिया कप (थाइल्याण्ड) (जुन)
  • नेपाल महिला टोलीको श्रीलंका भ्रमण (प्रस्तावित) (अक्टोबर)
  • नेपाल महिला टोलीको युगाण्डा, नामिबिया, नेदरल्यान्ड्सविरुद्ध सिरिज (नेपालमा) (नोभेम्बर)

महिला घरेलु क्रिकेट

  • पिएम कप (जनवरी १४-२५)
  • १०औं राष्ट्रिय खेलकुद (मे १७-२६)
  • महिला एलिट कप (५० ओभर) (सेप्टेम्बर)

महिला यु-१९ क्रिकेट

  • आईसीसी यु-१९ महिला क्रिकेट विश्वकप (फेब्रुअरी)
  • राष्ट्रिय विद्यालय च्याम्पियनसिप (अप्रिल)
  • यु-१९ विद्यालय च्याम्पियनसिप (सेप्टेम्बर)

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

संघर्षरत सनराइजर्सलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २५ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि ८७ […]

May 2, 2025

नेपालको युके टुरको तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]

Success

Thank you for your time.