2 months ago
March 7, 2025
हिमाल खरेल, मेचीनगर
झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा बल ब्लास्टर भद्रपुरलाई ७ विकेटले हराउँदै झापा क्रिकेट क्लब बिर्तामोड सेमिफाइनल प्रवेश गरेको छ ।
सरस्वती माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भद्रपुरले १३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनाएको थियोे ।
भद्रपुरका लागि सुमिरन राईले ११ बलमा २२ रन बनाए । त्यस्तै, मनिष कर्माकारले ७ बलमा १८ तथा विष्णु कामतीले १२ बलमा १५ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा भद्रपुर कम स्कोरमै समेटिएको थियोे ।
झापाका लागि विक्रम यादवले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, प्रविण राईले २ , अर्पण कोइराला, दिपेन राजवंशी र सुविन राईले समान १ विकेट लिए ।
७० रनको विजयी लक्ष्य पछ्याउने क्रममा झापाले ११.२ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।
झापाका लागि एलिस मण्डलले १८ बलमा २८ रन बनाए । अनुप श्रेष्ठले २८ बलमा २६ रन तथा विशाल पौडेलले ३ बलमा १३ रन जोडे ।
भद्रपुरका अर्जुन यादवले २ तथा दिपेश कामतीले १ विकेट लिए । झापाका विक्रम यादव प्लेयर अफ दि म्याच घोषित भए र उनले १ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ५० हजार र दोस्रो टोलीले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको मुख्य उद्देश्य बाहुनडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुनडाँगी युवा क्लबले जनाएको छ ।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २५ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि ८७ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]