default_image

2 days ago

March 7, 2025

नामिबियासँग पहिलो पटक खेल्दै नेपाल

1807 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा हुने वुमेन्स टि ट्वान्टी क्वाट्यान्गुलर सिरिजको खेलमा शनिवार नामिबियासँग खेल्दैछ ।

नेपालले नामिबियाको महिला टोलीको पहिलाे पटक खेल्न लागेको हो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

नेपाली महिला टोलीले पहिलो पटक एसिया महादेश बाहिर गएर खेल्दैछ । सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् ।

लिग चरणको खेलमा शीर्ष २ मा रहने टोलीबीच फाइनल खेल हुनेछ । नेपाली टोली आफुले खेलेका पछिल्ला ५ खेलमा नै पराजित भएको छ । नामिबियाले भने पछिल्ला ५ मध्ये ४ खेलमा जित हासिल गरेको छ ।

नेपालको खेल तालिका

फागुन २४ गते(मार्च ८) – नामिबियासँग
फागुन २५ गते(मार्च ९) – युगान्डासँग
फागुन २६ गते(मार्च १०) – हङकङसँग
फागुन २८ गते(मार्च १२) – नामिबियासँग
फागुन २९ गते(मार्च १३) – युगान्डासँग
फागुन ३० गते(मार्च १४) – हङकङसँग

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, विन्दु रावल,रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, एलिशा कुमारी यादव, रोमा थापा, रचना चौधरी, साना प्रविन र इश्वरी बिष्ट।

March 9, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र युगान्डा खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाट्यान्गुलर सिरिजमा आज आफ्नो दोस्रो खेल खेल्दैछ ‌ । नेपालले आयोजक युगान्डाको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ । नेपाल र युगान्डाबीच यसअघि ५ खेल भएको छ। त्यसमा नेपालले २ र युगान्डाले ३ […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – न्युजिल्याण्ड र भारत खेल्दै

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधिका लागि आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आइतवार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारत सन् २०१३ पछि च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । त्यतिबेला फाइनलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । भारत अघिल्लो संस्करणमा पनि […]

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

Success

Thank you for your time.