default_image

2 months ago

March 7, 2025

अंकितको कप्तानीमा कोशीको टिम घोषणा

714 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप (पिएम) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेश टोलीको घोषणा भएको छ ।

कोशी प्रदेश क्रिकेट संघले बिहीवार अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा सबैभन्दा बढी मोरङका ५ खेलाडी छन् । मोरङबाट दिपेश कडेल, फिर्दोस अन्सारी, चिराग शाह, सकिब हक र श्रवण किस्कू रहेका छन्

त्यस्तै, झापाबाट कप्तान अंकितसहित ४ खेलाडी छन् । सुजन थपलिया, विपिनकुमार महतो र समिर कार्की झापाका हुन् ।
सुनसरीबाट ३ खेलाडी रहेका छन् । भूपाल लुइँटेल, प्रकाश कार्की र सुमन गहतराज सुनसरीका हुन् ।
त्यस्तै, उदयपुरबाट आइस भट्टराई र सोनु अन्सारी छन् भने इलामबाट सन्दीप ढुंगाना कोशी प्रदेशको टोलीमा परेका छन् ।
टोलीको प्रशिक्षकमा राजकुमार प्रधान छन् भने व्यवस्थापकमा शिबु बुढाथोकी र फिजियोमा प्रदिप पाण्डे रहेका छन् ।

पिएम कप आइतवार सुरु हुदैछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुँदैछ । यसपटक लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा पिएम कपका खेल हुनेछन् ।

प्रतियोगिताका खेलहरु रुपन्देहीका २ तथा दाङमा रहेको १ क्रिकेट मैदानमा हुदैछ ।

कोशी प्रदेशको पहिलो खेल उद्धघाटनको दिननै लुम्बिनी प्रदेशसँग भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहित १० टिमको सहभागिता रहेको छ । सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

कोशी क्रिकेट टोली

अंकित सुवेदी(कप्तान), सुजन थपलिया, दिपेश कडेल, सन्दिप ढुङ्गाना, आईस भट्टराई, सुमन गहतराज, समिर कार्की, प्रकास कार्की, भुपाल लुईटेल, फिर्दोस अन्सारी, विपिन महतो श्रवण किस्कु, साकिब हक, चिराग शाह र सोनु अन्सारी

April 30, 2025

अष्ट्रेलियाली प्रशिक्षक लबाट नेपाली क्रिकेट के चाहन्छ?

भुपेन्द्र जि.सी. अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो । अप्रिलमा मुख्य प्रशिक्षक बनेका उनले छोटो समयमा सकारात्मक परिवर्तन ल्याएपछि अमेरिकाले […]

April 30, 2025

कोलकाताको चौथो जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]

April 29, 2025

दिल्लीलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]

Success

Thank you for your time.