3 hours ago
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो ।
मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ रन जोडे । युविन बुढाथोकीले ६८ बलमा २५ तथा रिजन ढकालले ३१ बलमा १६ रन जोडे ।
ललितपुरका लागि नन्दन यादवले ४, सुर्य तामाङले ३ तथा विपिन आचार्यले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर ४९.३ ओभरमा १ सय ९२ रनमा समेटियो । ललितपुरका लागि आदिल खानले ६४ बलमा सर्वाधिक ५५ रनमा समेटियो ।
सुर्य तामाङले ३३ बलमा ३६ तथा आशुतोष घिरैयाले ६३ बलमा २८ रन जोडे । मकवानपुरका लागि साकार गजुरेलले ४, समिर चौलागाईंले २ तथा रिजन ढकालले १ विकेट लिए ।
प्रतियोगितामा भक्तपुरका शौरभ सखलर्मी उत्कुष्ट ब्याटर भए । ललितपुरका सुर्य तामाङ प्रतियोगिताको उत्कृष्ट बलर तथा ललितपुरका नन्दन यादव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भए ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]