default_image

1 month ago

March 5, 2025

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।
ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । एकेडेमीको प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक साम्संङजंग थापा, सोनु दास र सक्षम बास्ताकोटी रहेका छन् ।

एकेडेमी हालै सञ्चालनमा आएपनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि विद्यार्थीलाई क्रिकेटको प्रशिक्षण गराउँदै आएको छ । विद्यालयमा हाल १ सय ५० खेलाडीले प्रशिक्षण गरिरहेको जनाइएको छ ।

रेडियन्ट रिडर्सले क्रिकेटबाहेक टेबलटेनिस, बास्केटबल, फुटबल, पौडी, कराते र जिन्याष्टिकको प्रशिक्षक नै राखेर विद्यार्थीलाई प्रशिक्षण र प्रतियोगितामा सहभागी गराउँदै आएको छ ।

पूर्व कप्तान मल्लले एकेडेमी स्थापना गर्नु प्रशंसनीय कार्य भएको बताउँदै यो कार्यले नेपाली क्रिकेटको विकासमा पनि योगदान दिने विश्वास व्यक्त गरे । उनले साधारण प्रशिक्षण मात्र पर्याप्त नहुने भएको हुँदा एकेडेमीमै प्रशिक्षण लिएको खण्डमा खेलाडीको क्षमता वृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

प्याब्सनका केन्द्रीय अध्यक्ष समेत रहेका रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले राष्ट्रलाई योगदान दिने खेलाडी र जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमीको स्थापना गरिएको बताउँदै नेपालमा पनि खेलकुद विश्वविद्यालय वा खेलकुद कलेज बनउनेतर्फ प्याब्सनले काम गरिरहेको बताए ।

प्रिन्सिपल ढुंगानाले कुनै न कुनै हिसाबले रेडियन्ट रिडर्सले शिक्षाका अलावा खेलकुदसंगै अन्य अत्तिरिक्त क्रियाकलापमा पनि जोड दिइरहेको बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा २ का अध्यक्ष राजेश महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष शेखर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

April 6, 2025

आइपिएलमा गुजरातलाई तेस्रो जित

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]

April 6, 2025

हैदराबादद्वारा गुजरातलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]

April 6, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]

Success

Thank you for your time.