default_image

14 hours ago

March 5, 2025

न्युजिल्यान्डद्वारा दक्षिण अफ्रिकालाई विशाल लक्ष्य

1312 views

0 Bookmark

एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ

लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो।

विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको रूपमा आउट भए। यतिखेर न्युजिल्यान्डले ४८ रन मात्र बनायो। यसपछि रचिन र विलियम्सनले दोस्रो विकेटको लागि १६४ रनको सानदार साझेदारी गरे। यो सँगै न्युजिल्यान्ड ठुलो स्कोर तर्फ अगाडि बढ्यो।

दुवैले शतकीय पारी खेले। राचिनले १ सय १ बलबाट १३ चौका र १ छक्का सहित १ सय ८ रनको उत्कृष्ट पारी खेले। विलियाम्सनले ९४ बल खेल्दै १० चौका र २ छकमका सहित १ सय २ रनको उत्कृष्ट पारी खेले।

डारियल मिचेलले अर्धशतकबाट १ रनले चुके। उनी ४९ रनमा आउट भए। यसपछि ग्लेन फिलिप्सले २७ बलबाट ६ चेका र १ छक्का सहित अविजित ४९ रन बनाए।

बलिङमा दक्षिण अफ्रिका फितलो रहयो। लुङ्गी एनगिडीले ३ विकेट र कागिसो राबडाले २ विकेट लिए।

हिजो भएको सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएपछि फाइनल खेल दुबईमा हुने निश्चित भएको छ। आजको खेल विजेता फेरि दुबई उड्नेछ। आजको विजेता र भारतबीच च्याम्पियन्स ट्रफीको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

March 5, 2025

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]

March 5, 2025

युगाण्डा जाने महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डा हुने उमन्स डे कप टि ट्वान्टी क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र प्रवक्ता छुम्पी लामाले टोलीलाई बुधवार बिदाइ गरे। सचिव खड्काले विश्व कप छनोट अगाडि तयारीको रुपमा नेपाली महिला टोलीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय एक्सपोजर बढी भन्दा बढी उपलब्ध […]

Success

Thank you for your time.