default_image

2 hours ago

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

1192 views

0 Bookmark

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।

आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो।

दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो।

भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल ८ रनमा र कप्तान रोहित शर्मा २८ रनना आउट भए। पहिलो पावर प्लेमा भारतले २ विकेटको नोक्सानीमा ५५ रन बनाएको थियो।

सुरुवात दमदार गर्न नसकेको भारतको लागि विराट कोहली र श्रेयस अयरले तेस्रो विकेटको लागि ९१ रनको साझेदारी गरे। श्रेयस अर्धशतकबाट ५ रनले चुके। ४५ रन जोडेका उनी एडम जाम्पाद्वारा बोल्ड आउट भए।

विराटले भने अर्धशतक बनाए र क्रिजमा टिकिरहे। विराटसँग मिलेर चौथो विकेटको लागि ४४ रनको साझेदारी गरेपछि अक्षर पटेल २७ रनना आउट भए।

त्यसपछि क्रिजमा जमेका विराटलाई जम्पाले पबिलियनको बाटो देखाइदिए। ९८ बलको सामना गर्दै ५ चौका प्रहार गर्दै ८४ रनको पारी खेले। उनी आउट हुँदा भारतले ४२.२ ओभरमा २ सय २५ रन बनाएको थियो।

त्यसपछि हार्दिक पाण्ड्या र के एल राहुलले भारतलाई जिततर्फ डोर्याए। २४ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै हार्दिकले २८ रनको महत्वपुर्ण योगदान दिए। केएल राहुलले अविजित ४२ रनको उत्कृष्ट पारी खेले। उनले ३४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे।

बलिङमा एडम जाम्पा र नथान इलिसले समान २ विकेट लिए। यस्तै बेन ड्वारसेस र कुपर कनोलीले समान १ विकेट झारे।

त्यसअघि टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९.३ ओभर सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌।

अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रूपमा ट्राभिस हेड ३९ रनमा वरूण चक्रवर्तीको बलमा शुभमन गीलको बलमा क्याच आउट भए।

त्यसपछि कप्तान स्टेभन स्मिथ र मार्नस लाबुसेनले तेस्रो विकेटको लागि ५६ रनको साझेदारी गरे। मार्नस २९ रनमा आउट भए।

लगत्तै जोस इङ्लिस ११ रनमा आउट भए। त्यसपछि स्मिथले फेरि एलेक्स क्यारीसँग ५४ रनको साझेदारी गरे। उनी ७३ रन जोडेर मोहम्मद सामीको बलमा बोल्ड आउट भए।

त्यसपछि अर्धशतक बनाएका एलेक्स ६१ रन जोड्दै रन आउट भए‌। उनले ५७ बलको सामाना गर्दै ८ चौका र १ छक्का सहित ६१ रनको पारी खेले।

बलिङमा मोहम्मद सामीले १० ओभरमा ४८ रन दिएर ३ विकेट झारे। वरूण चक्रवर्ती र रविन्द्र जडेजाले समान २ विकेट लिए।

भोलि हुने दोस्रो सेमिफाइनल न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ। भारतले यी दुईको विजेतासँग उपाधिको लागि खेल्नेछ।

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

Success

Thank you for your time.