17 hours ago
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ।
इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्।
यो पटक नियमित तथा अनुभवी खेलाडी सीता राना मगरसँगै कविता कुँवर चोटका कारण पहिलो चरणको प्रशिक्षणमा नै सामेल थिएनन्।
पछिल्लो पटक नेपालले खेलेको त्रिकोणात्मक श्रृंखला खेलेका सीता र कविता बाहेक मनिषा उपाध्याय र रेवती धामी यो पटक टिममा छैनन्।
अन्तिम १८ बाट सिमाना केसी, सबनम राई, सोभा रोकाया र मनिषा उपाध्यायले अन्तिम १४ मा स्थान बनाउन सकेनन्।
मार्च ८ देखि १६ सम्म हुने उमन्स डे कपमा नेपाल सहित आयोजक युगान्डा, नामिबिया र हङकङको सहभागीता रहनेछ। यी चार राष्ट्रले डबल राउन्ड रोबिनको आधारमा खेल्नेछन्। शीष दुई टोलीले फाइनल खेल्नेछन् ।
नेपालले मार्च ८ मा नामिबिया, माच ९ मा युगान्डा र मार्च १० मा हङकङसँग खेल्नेछ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोली
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, विन्दु रावल,रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, एलिशा कुमारी यादव, रोमा थापा, रचना चौधरी, साना प्रविन र इश्वरी बिष्ट।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतविरुद्धको खेलमा न्युजिल्यान्डले टस जितेको छ ।टस जितेर न्युजिल्यान्डले फिल्डिङ रोजेको छ। दुबईमा नेपाली समय अनुसार दिउँसो २:४५ बजे खेल सुरु हुनेछ। दुवै टोली सेमिफाइनलमा पुगिसकेका छन्।यी दुवै उत्कृष्ट एकदिवसीय टोली हुन्। दुवै उच्च फर्ममा देखिएका छन्। दुई खेलमा समान ४ अंक जोडेका न्युजिल्यान्ड र भारत मध्ये जसले […]