default_image

22 hours ago

March 2, 2025

सेमिफाइनलअघि भारत र न्युजिल्यान्ड भिड्दै

465 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स ट्रफीको समुह चरणको अन्तिम खेलमा आज दाबेदार भारत र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ

दुबईमा नेपाली समय अनुसार दिउँसो २:४५ बजे खेल सुरु हुनेछ। दुवै टोली सेमिफाइनलमा पुगिसकेका छन्।यी दुवै उत्कृष्ट एकदिवसीय टोली हुन्। दुवै उच्च फर्ममा देखिएका छन्।

अलराउन्डरहरूको सन्तुलित प्रदर्शनका कारण पनि बलियो देखिएका हुन्। यी दुईबिचको भिडन्त रोमाञ्चक हुने गरेको छ। तर आज यो खेललाई सेमिफाइनलको पूर्वतयारीको रूपमा पनि लिन सकिन्छ। अब निर्धारण हुन बाँकी उनीहरूको सेमिफाइनल प्रतिद्वन्द्वी हो। दक्षिण अफ्रिका वा अष्ट्रेलिया।

सेमिफाइनल खेलअघि भारतलाई छोटो विश्राम हुने भएकाले आजको खेल प्रतिस्पर्धात्मक नहुन पनि सक्छ। केही ठूला खेलाडीहरूलाई विश्राम दिइने सम्भावना छ। भारतका सहायक प्रशिक्षक रयान टेन डोशेटका अनुसार मुख्य बलरहरूले आफ्ना १० ओभर पूरा नखेल्न पनि सक्छन्।

आज विराट कोहलीको लागि विशेष खेल बन्नेछ। उनी ३ सयौं एकदिवसीय खेल खेल्न गइरहेका छन्। उनी यो उपलब्धि हासिल गर्ने विश्वका २२औं र भारतबाट सातौं खेलाडी हुनेछन्।

पछिल्लो समय एकदिवसीय क्रिकेटको संख्या कम भइरहेकाले कोहलीको निकटतम समकालिन मुशफिकुर रहिमले २ सय ७४ र रोहित शर्माले २ सय ७२ खेल खेल का छन्।

भारतको ब्याटिङले अझैसम्म यो प्रतियोगितामा कडा परीक्षा दिनुपरेको छैन। उदले अहिलेसम्म दुबै खेलमा दोस्रो इनिङमा ब्याटिङ गरेको छ । २ सय २९ र २ सय ४२ रनको लक्ष्य सजिलै पूरा गरेका छ।

आजको खेलमा भारतीय ब्याटरले न्युजिल्यान्डका उत्कृष्ट स्पिनरहरू मिचेल सान्टनर र माइकल ब्रासवेलविरुद्ध कठिन चुनौतीको सामना गर्नुपर्ने सम्भावना छ।

यही कारणले श्रेयस अय्यरको भूमिका महत्वपूर्ण हुन सक्छ। कोहली र केएल राहुलले २०२३ देखि मिडल ओभरमा स्पिनरविरुद्ध ८० को स्ट्राइक रेट राखेका छन्। जबकी अय्यरको स्ट्राइक रेट ९५.२४ रहेको छ।

पाकिस्तानसँगको खेलपछि भारतीय टोलीले ६ दिनको विश्राम पाएको थियो। तर अब यो खेल र सेमिफाइनलबिच केवल १ दिनको अन्तर छ। रोहित शर्मा र मोहम्मद शमीलाई पाकिस्तानविरुद्धको खेलमा चोट लागेको थियो।‌ तर टोली उनीहरु दुबै फिट रहेको बताइएको छ।

भारतीय टोलीले शनिवार अभ्यास गरेन। ऋषभ पन्तले शुक्रवार नेट्समा लामो समय अभ्यास गरे। जसको कारण उनले आज खेल्ने संभावनाको संकेत गरेको छ। चोटबाट फर्केपछि उनले जुलाई २०२४ पछि मात्र एक ओडीआई खेलेका छन्।

यता डेरिल मिचेलले बंगलादेशविरुद्धको खेल गुमाएपछि अहिले फिट भएका छन्। जसले न्युजिल्यान्डको शीर्षक्रम चयनमा प्रशिक्षकलाई चुनौती हुन सक्छ। रचिन रविन्द्र, जो चोटपछि टोलीमा फर्किएका थिए। उनले बंगलादेशविरुद्ध शतकीय इनिङस खेले।

विल यंगले पाकिस्तानविरुद्धको पहिलो खेलमा शतक हानेका थिए। डेवोन कॉनवे, जसले रविन्द्रलाई प्रतिस्थापन गरेका थिए।‌ उनी पनि राम्रो फर्ममा छन्।

यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तान र बंगलादेशलाई समान ६ विकेटले हराएको थियो। न्युजिल्यान्डले पाकिस्तानलाई ६० रनले र बंगलादेशलाई ५ विकेटले हराएको थियो।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.