default_image

2 hours ago

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

169 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ ।

बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो ।

काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो । त्रिविका लागि लक्की कठायतले ३० बलमा ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

काठमाडौंका लागि सोनु देवकोटाले ३, कप्तान प्रतिश जिसीले २ र मोन्सन सिंहले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको काठमाडौं ४९.४ ओभरमा ४ सय १० रनमा समेटियो । काठमाडौंका लागि प्लेयर अफ द म्याच समेत भएका सोनुले ४५ बलमा सर्वाधिक १ सय ७ रनको जोडे ।

पृथु बास्कोटाले ८६ बलमा ८८ र प्रशिद्ध जैसीले ६८ बलमा ५९ रन बनाए । त्रिविका लागि अशोक बोहराले ३ तथा सन्तोष चन्द र नवीन पाठकले समान २ विकेट लिए ।

आजै चितवनमा भएको खेलमा मकवानपुरले लगातार दाेस्राे जित हात पार्ने क्रममा नुवाकोटविरुद्ध सहज १ सय ४८ रनको सहज जित दर्ता गर्यो । पहिलाे खेलमा मकवानपुरले चितवनलाइ पराजित गरेकाे थियाे ।

मकवानपुरले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नुवाकोट १५ ओभरमा ३० रनमा समेटियो । नुवाकोटका लागि अभियान बस्नेतले सर्वाधिक १७ रन जोडे । राजेश रिमालले २३ बलमा १४ रन जोडे । मकवानपुरका लागि प्लेयर अफ द म्याच भएका रिजन ढकालले ४ तथा पियुष शर्मा र अषिम श्रेष्ठले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मकवानपुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रनको योगफल तयार गर्यो । मकवानपुरका लागि तक्षक सिंखाडाले ६५ बलमा सर्वाधिक ४४ रन जोडे । गौरभ खड्काले ६८ बलमा ४० तथा सुमन सुनारले ९६ बलमा ३७ रन जोडे ।

नुवाकोटका लागि अजय विक, दीनेश कुमाल र अभिराज यादवले समान २ विकेट लिए ।

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

Success

Thank you for your time.