default_image

2 months ago

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

673 views

0 Bookmark

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ ।

भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको थियो । च्याम्पियन्स ट्रफीको इतिहासमा पाकिस्तान र बंगलादेशबीचको यो पहिलो भेट रहेको थियो ।

सान्त्वना जितको खोजीमा रहेका दुवै देशले समान १ अंकका साथ प्रतियोगिता समाप्त गरेका छन् । यस समूहबाट भारत र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

आइतवार हुने भारत र न्युजिल्याण्डको खेल पछि यो समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो शुक्रवारको खेल पछि लाग्नेछ । शुक्रवार अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुनेछ । यो खेलमा विजयी हुने टोली सेमिफाइनलमा पुग्दा पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

April 30, 2025

आसाम क्रिकेट क्लब विजयी

विराटनगर (हाम्रो खेलकुद)- मन मोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता भारतको आसाम क्रिकेट क्लब जित हात पार्न सफल भएको छ। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको सहज नतिजामा हरायो। २ सय १० रनको लक्ष्य पछ्याएको कोशी ३७.२ ओभरमा १ सय १२ रनमा अल आउट हुन पुग्यो। ब्याटिङमा फितलो प्रदर्शन गरेको […]

Success

Thank you for your time.