3 hours ago
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे ।
बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले । भिमदत्त नगरपालिकालका लागि मिलन बोहराले ३४ रनको योगदान दिए । पुनर्वास नगरपालिकाका लागि भोजराज भट्टले ३, कृष्ण कार्की र सागर भण्डारीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास बी ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । पुनर्वासका लागि बसन्त सिंह कार्कीले ४० बलको सामना गर्दै ७ चौका र ४ छक्काको मद्दतले नट आउट ७२ रनको बनाए । त्यस्तै कप्तान विपिन रावल ३८, सुवास ऐर १८, नवयुग बस्नेत १४ रनमा आउट भए ।
भिमदत्त नगरपालिकाका लागि साजन बिटालु, किरन चन्द, सन्तोष भट्ट र समिर बिष्टले समान १ विकेट लिए । प्रतियोगितामा भिमदत्तका अरुण ऐरी सर्वोकृष्ट खेलाडी भए । उनले नगद २५ हजार प्राप्त गरे । पुर्नवासका दिपक बोहोरा उत्कृष्ट ब्याटर भए । उनले नगद १५ हजार पाए ।
त्रिवेणी नगरपालिकाका दिपक टमट्टा उत्कृष्ट बलर भए । उनले पनि नगद १५ हजार प्राप्त गरे । धनगढी उपमहानगरपालिका मनिस जोशी उदयमान खेलाडी भए । उनले नगद १० हजार प्राप्त गरे ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । बुधवार भएको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित हुदै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । अफगानिस्तानले दिएको ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]