default_image

3 hours ago

February 26, 2025

जाद्रानको कीर्तिमानी शतकमा इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य

942 views

0 Bookmark

एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ ।

जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो ।

अफगानिस्तानका लागि जाद्रानले सर्वाधिक १ सय ७७ रन जोडे । उनले १ सय ४६ बलको सामना गर्दै १२ चौका र ६ छक्का प्रहार गरे । जाद्रानले अफगानिस्तानका लागि च्याम्पियन्स ट्रफीमा ऐतिहासिक पहिलो शतक प्रहार गरे । अफगानिस्तानको लागि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा नै यो सम्भव भएको हो ।

अफगानिस्तानका लागि जाद्रानले नै २ वर्ष अघि ओडिआई विश्व कपमा पनि पहिलो शतक प्रहार गरेका थिए । ओडिआई करियरको छैठौं शतक जाद्रानले १ सय ६ बलमा पूरा गरे ।

जाद्रानले १ सय ५० रन १ सय ३४ बलमा पूरा गरे । जाद्रानले च्याम्पियन्स ट्रफीमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान समेत बनाए । गत शनिवार अस्ट्रेलियाविरुद्धको खेलमा इङ्ग्ल्याण्डका बेन डकेटले बनाएको १ सय ६५ रनको कीर्तिमान उनले तोडेका हुन् ।

३७ रनमा ३ विकेट गुमाएर कठिन अवस्थामा पुगेको अफगानिस्तानका लागि जाद्रान र कप्तान हशमतुल्लाह शाहिदीले १ सय ३ रनको साझेदारी गरे । कप्तान शाहिदीले ६७ बलमा ३ चौकाको सहयोगमा ४० रन जोडे ।

पाँचौ विकेटका लागि जाद्रानले अज्मतुल्लाह उमरजाइसँग मिलेर ७२ रनको महत्वपुर्ण साझेदारी गरे । उमरजाइ ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोड्दै आउट भए । छैठौं विकेटका लागि मोहम्मद नाबीसँग जाद्रानले १ सय ११ रनको साझेदारी गरे । नाबीले २४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रन जोडे ।

इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३, लियम लिभिङ्स्टोनले २, जेमी ओभरर्टन र आदिल राशिदले समान १ विकेट लिए ।

पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।

अफगानिस्तान पहिलो खेलमा दक्षिण अफ्रिकासँग फराकिलो अन्तरले पराजित भएको थियो । इङ्ग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएको थियो ।

मंगलवारको अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल रद्द भएपछि यी दुई टोलीबीचको खेल नकआउट भिडन्त भएको हो ।

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

February 26, 2025

अफगानिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इङ्ग्ल्याण्डविरुद्ध टस जितेको छ । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तान पहिलो […]

Success

Thank you for your time.