default_image

5 hours ago

February 26, 2025

अफगानिस्तान र इङ्ग्ल्याण्डलाई जित्नै पर्ने दबाब

243 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् ।

पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ।

पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।

अफगानिस्तान पहिलो खेलमा दक्षिण अफ्रिकासँग फराकिलो अन्तरले पराजित भएको थियो । इङ्ग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएको थियो ।

मंगलवारको अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल रद्द भएपछि यी दुई टोलीबीचको खेल नकआउट भिडन्त भएको हो ।

पछिल्ला ओडिआई खेलहरुमा आयरल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश र जिम्बाब्वेलाई पराजित गर्दै अफगानिस्तान च्याम्पियन्स ट्रफीमा खेल्न गएको हो ।

जोस बटलरको टोलीले पछिल्लो समय ५० ओभरको क्रिकेटमा रन बनाउँन निरन्तरताका लागि संघर्ष गरिरहेका छन् ।

च्याम्पियन्स ट्रफीको पूर्वसन्ध्यामा इङ्ग्ल्याण्डले भारतसँगको ओडिआई सिरिजमा ३–० को हार बेहोरेको थियो ।

इङ्ग्ल्याण्डले ओडिआईमा लगातार ५ खेलमा हार बेहोरेको छ । सन् २००९ मा अस्ट्रेलियाविरुद्धको ओडिआई सिरिजमा इङ्ग्ल्याण्डले लगातार ६ खेलमा हार बेहोरेको थियो ।

अफगानिस्तान

हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जादरान, रहमानुल्लाह गुरबाज, सेदीकुल्लाह अटल, रहमत शाह, इकराम अलीखिल, गुलबदीन नैब, अजमतुल्लाह उमरजई, मोहम्मद नबी, राशिद खान, नूर अहमद, फजलहाक फारूकी, फरीद मलिक, नवीद जादरान।

इङल्याण्ड

जोस बटलर (कप्तान), जोफ्रा आर्चर, गस एटकिन्सन, टम ब्यान्टन, ह्यारी ब्रुक, रेहान अहमद, बेन डकेट, जेमी ओभरटन, जेमी स्मिथ, लियाम लिभिङस्टोन, आदिल राशिद, जो रुट, साकिब महमुद, फिल साल्ट र मार्क वुड ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.